मुख्यमन्त्री गिरीको सपथ तथा पदभार ग्रहण ,तीन सदस्यीय मन्त्री मण्डल विस्तार

0
177

दिवाकर पोख्रेल
देउखुरी, पुस २८ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री गिरीलाई शपथ ग्रहण गराउनु भएको हो । प्रदेश प्रमुख शेरचनलले इश्वर,देश र जनताको नाममा सपथ लिन्छु भन्दा मुख्यमन्त्री गिरीले देश र जनताको नाममा सपथ लिनुभएको हो ।

विहीवारै मुख्यमन्त्री गिरीले सनो आकार्को मन्त्री मण्डल विस्तार गर्नुभएको छ । सत्तासाझेदार दल विच मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा दुइजना विना विभागिय मन्त्री सहित तीन सदस्यीय मन्त्री मण्डल गठन भएको हो । दुइजना मत्रीको मन्त्रालय पछी टुङ्गो लगाइनेछ । नव नियुक्त्त मन्त्रीमा नेकपा माओवादी केन्द्रको तर्फबाट बाँके जिल्लाबाट निर्वार्चित प्रदेश सभासद कृष्णा केसी र नेकपा एमालेबाट अर्घाखाँची जिल्लाबाट निर्वार्चित प्रदेश सभासद चेत नारायण आचार्य हुनुहुन्छ । दुइजना मन्त्रीलाई पनि विहीबारै प्रदेश प्रमुख अमिक शेरचन सफथ खुवाउनु भएको छ ।

मुख्यमन्त्रीको सपथ ग्रहणको समय विहीबार दिउशो १बजेलाई तोकिएपनि सक्तासाझेदार नेपका एमाले र माओवादी केन्द्र विच मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि ढिलो गरी सपथ ग्रहण शुरु भएको थियो । नेकपा माओवादी केन्द्रले अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय सहित तीनवटा मन्त्रालय दावी गर्दे आइरहेको छ ।

अर्थ मन्त्रालयम नेकपा एमालेको पनि दावी रहेका कारण मन्त्रालयको टुङ्गो लगाउन नसकिएको नेकपा माओवादी केन्द्रबाट दाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश साँसद इन्द्रजित थारुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो मुख्य तीनवटा मन्त्रालयमका दावी छ, हामीहरुले दावी गरेको मन्त्रालयमा एमालेको पनि दावी रहेकाले मन्त्रालय टुङ्गो लगाउन सकिएन केहिदिन भित्रै मन्त्रालय टुङ्गाएर मन्त्री मण्डल विस्तार हुनेछ ।’

सपथ ग्रहण कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साँसद वाहेक नेपाली काँग्रेस सहित अन्य दलका प्रदेश साँसद देखिएनन् । मुख्यमन्त्री गिरीले अर्थ तथा सहकारी, आन्तरिक मामिलालगायत १३ वटै मन्त्रालयको जिम्मेबारी आफै राख्नु भएको छ ।

यसैविच विहीबारै मुख्यमन्त्री गिरीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगि मुख्यमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै मुख्यमन्त्री गिरीले स्थायी राजधानीलाई कार्यान्वयन गर्नुको विकल्प् नरहेको बताउनुभयो । राजधानीको लागि चाहिने भौतिक पूर्वाधारको काम तिव्र रुपमा अघि बढाउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘प्रदेशको स्थायी राजधानी देउखुरीमा स्थायी राजधानी लाई पूर्ण कार्यान्वयन गर्नूको विकल्प छैन,अब सरकारले जनतालाई संघीयताको बोध गराउने गरी काम गर्नेछ, जताको आर्थिक अवस्था सुधार गर्ने गरी काम गर्छ ।’

केहि दिनभत्रै सत्ता पक्ष दलहरुको आपसी सहमतिबाट मन्त्रालय टुङगो लगाएर मन्त्री मण्डल विस्तार गरिने उहाँको भनाइ थियो ।
बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा ,जसपा,लोसपा, नागरिक उन्मुक्ति पार्टीका सासदहरू र २ स्वतन्त्र सांसद गरी ५८ जनाको हस्ताक्षर सहित सरकार गठन दावी पेस गरिएको थियो । बुधबारै प्रदेश प्रमुख शेरचले नेकपा एमालेका संसदस्य दलका नेता लिला गिरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

SHARE