रामपुर नगरको नगर सभा तथा १२ औँ अधिवेशन

0
129

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ पुस : पाल्पाको रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशनको पहिलो बैठक विहिवार देखि सुरु भएको छ । नगर सभाको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्नुभएको छ ।

 

नगर सभामा प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले नगरपालिकाले चालु छ महिनाभित्र गरेको कार्य सम्पादन, योजना तथा कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको छ । उहाँले कुल वजेट ६५ करोड २७ लाख ५० हजार नौ सय मध्ये हालसम्म २७ करोड ४७ लाख ९५ हजार छ सय रुपैयाँ प्राप्त भएको जानकारी दिदै हालसम्म २३ दशमलव ७१ प्रतिशत रकम खर्च भएको बताउनुभयो ।

 

विषयगत शाखा तथा वडा कार्यालयको प्रगति विवरण पेश गर्दै हालसम्म नगरभित्रका ५५४ योजनामध्ये १५८ को लागत अनुमान भएको र ५२ योजनाको सम्झौता सम्पन्न भएको जानकारी दिनुभयो ।

 

नगर सभाले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ पारित गरेको छ । विपद व्यवस्थापन समितिका संयोजक दिलबहादुर रानाले पेश गर्नु भएको विद्येयक सर्वसम्मत रुपमा पारित गरेको छ । आगामी माघ ९ गते कार्यपालिका बैठक घोषणा गर्दै नगर सभा समापन गरिएको हो ।

 

नगर प्रमुख थापाको अध्यक्षतामा चलेको नगर सभाको संचालन प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले गर्नुभएको हो ।

 

 

 

 

 

 

 

SHARE