
मंसिर २६,२०८२ पाल्पा : पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४, को मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रारम्भिक विवरण अनुसार दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको र आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतक र घाइतेहरुको पहिचान हुन बाँकी छ ।







