अन्धकारमुक्ति साकोसको २४ औँ स्थापना दिवस मनाइयो

0
176

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ पुस :अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले २४ औ संस्था स्थापना दिवसको अवसरमा सदस्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा संस्थाको कार्यालय रामपुर ७ डुम्रीगाउमा कार्यक्रम भएको हो । संस्था स्थापना दिवसको अवसरमा नियमित वचतकर्ता, नियमित ऋण किस्ता भुत्तानी सदस्य, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट व्यवसायी, उत्कृष्ट केन्द्र, उत्कृष्ट केन्द्र प्रमुख, उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

सम्मानित हुनेहरुमा नियमित वचततर्फ रामपुर सेवा केन्द्रका लोकबहादुर कुमाल, रामपुर लघुवित्तका दिलमाँया थापा, जव्गादी सेवाकेन्द्रका ताराबहादुर कार्की, ताहुँ सेवा केन्द्रका होमनाथ पौडेल, रामटार सेवा केन्द्रका खगेश्वर भट्टराई, सहयोगी सेवा केन्द्रका अन्जु ठाडालाई सम्मान गरेको हो ।

नियमित ऋण किस्ता भुक्तानीतर्फ रामपुर सेवा केन्द्रका सीता पाठक, रामपुर लघुवित्तका हरिकला श्रेष्ठ, जव्गादी सेवाकेन्द्रका धर्मबहादुर सार्की, ताहुँ सेवा केन्द्रका नितु केसी, रामटार सेवा केन्द्रका विन्दु मल्ल र सहयोगी सेवा केन्द्रका मोहम्मद इब्राहीम मियाँलाई सम्मान गरेको छ ।

उत्कृष्ट शेयर सदस्य विद्यामा रामपुर सेवा केन्द्रका सुदिप भट्टराई, रामपुर लघुवित्तका सविना पंगेनी, जव्गादी सेवाकेन्द्रका बालकृष्ण पंगेनी, ताहुँ सेवा केन्द्रका हर्षबहादुर सारु, रामटार सेवा केन्द्रका अर्जुन खनाल र सहयोगी सेवा केन्द्रका माधवप्रसाद कंडेललाई सम्मान गरेको थियो । उत्कृष्ट कारोबारतर्फ रामपुर सेवा केन्द्रका तारा अर्याल रेग्मी, रामपुर लघुवित्तका सन्जु घर्ति, जव्गादी सेवाकेन्द्रका चन्द्रकुमारी श्रेष्ठ, ताहुँ सेवा केन्द्रका उमबहादुर राना मगर, रामटार सेवा केन्द्रका विवेक पौडेल र सहयोगी सेवाकेन्द्रका नारायणप्रसाद ढुङ्गानालाई सम्मान गरिएको छ ।

उत्कृष्ट व्यवसायीतर्फ रामपुर सेवा केन्द्रका बुद्धिलाल बि.क., रामपुर लघुवित्तका ममौती खाम्चा, जव्गादी सेवाकेन्द्रका देवबहादुर जर्घा, ताहुँ सेवा केन्द्रका रुपा काम्मु, रामटार सेवा केन्द्रका ज्ञानप्रसाद भण्डारी र सहयोगी सेवा केन्द्रका टिकामाया अधिकारीलाई सम्मान गरिएको छ । उनीहरुलाई एक हजार राशी सहित सम्मान गरिएको थियो । लघुवित्ततर्फको उत्कृष्ट केन्द्रलाई पाँच हजार राशी सहित सम्मान गरिएको हो । पुरस्कृत हुने केन्द्रहरुमा अन्धकारमुक्ति परोपकार महिला केन्द्र, अन्धकारमुक्ति दुर्गादेवी महिला केन्द्र, अन्धकारमुक्ति वर्मु महिला केन्द्र र अन्धकारमुक्ति सक्षम महिला केन्द्र रहेको छ ।

उत्कृष्ट केन्द्र प्रमुखहरु बिजु घिमिरे, हिरा श्रेष्ठ, नारीसरा काम्मु र निर्मला अधिकारी भट्टराईलाई नगद दुई हजार राशीसहित पुरस्कृत गरिएको हो । संस्थाको कर्मचारीहरुमध्ये सहयोगी सेवाकेन्द्र बेझाँडका प्रमुख नारायण ढकाललाई नगद दुई हजार राशी सहित पुस्कृत गरिएको छ । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले दश हजार बढी शेयर सदस्यहरु मध्येबाट कार्यविधि अनुसार उत्कृष्ट छनौट गरी सम्मान गरिएको जानकारी दिनुभयो ।

सल्लाहकार एवम् संस्थापक अध्यक्ष मोहनप्रसाद भट्टराईले संस्था स्थापनाको अवस्था र अहिले संस्थाले गरेकोे कामका सन्दर्भमा जानकारी गराउनुहुदै सदस्य सेवालाई पहिलो प्राथमिकता दिएर काम गरेकाले अहिले लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रूपमा पहिचान दिन सफल भएको बताउनुभएको छ । कार्यक्रममा रामपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष दोवराज तिवारी, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार कमलराज भट्टराई, संचालक समिति सदस्य मनोरथ भट्टराई, लेखा सुपरिवेक्षण समिति संयोजक विष्णुप्रसाद लम्साल, सेयर सदस्यहरु विवेक पौडेल, बिजु घिमिरे, ज्ञानप्रसाद भण्डारी लगायतले बोल्दै संस्थाले गरेको कामको प्रशम्सा गर्नुभएको छ ।

उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव ओमप्रकाश बस्यालले गर्नुभएको हो । कार्यक्रममा धन्यवाद संस्थाका सहसचिव यमप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

विसं २०५५ मा स्थापना भएको संस्थामा हाल दस हजार छ सय सेयर सदस्य आबद्द छन् । संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले शेयर सदस्य संख्या संगै पुँजी वृद्धि हुँदै जाँदा अवसरहरुसंगै संस्थाका चुनौति र जिम्मेवारी थपिदै गएको बताउनुभयो ।

सहकारी शेयर सदस्यहरु प्रति थप जिम्मेवार भएर समयानुकुल अघि बढीरहेको बताउनुभयो । उहाँले शेयर सदस्यहरुको सहजताको लागि मोबाईल बैकिङ सञ्चालन गरेको जानकारी दिनुभयो ।

SHARE