श्रम कानुनको सम्बन्धी अनुशिक्षण कार्यक्रम पाल्पाको रामपुरमा

0
189

सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ पुस :श्रम अडिट सम्बन्धी सरोकारवाला संग श्रम कानुनको विषयमा अनुशिक्षण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ ।

श्रम रोजगार कार्यालय बुटवलको आयोजनामा कार्यक्रम भएको हो । श्रम तथा रोजगार कार्यालय बुटवलका बरिष्ठ श्रम अधिकृत गिरिराज ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिका, निस्दी गाउँपालिका र रम्भा गाउपालिकामा रहेका सहकारीका संचालक र व्यवस्थापकलाई लक्षित गरी तालिम दिइएको छ ।

तालिमको सहजिकरण बरिष्ठ श्रम अधिकृत, गिरिराज ज्ञवाली, शाखा अधिकृत केशवराज भट्टराई, दामोदर ज्ञवाली, राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवलका प्रमुख नारायण बेल्वासेले गर्नुभएको हो ।

शाखा अभिकृत दामोदर ज्ञवालीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन नायव सुब्बा केशवराज पौडेलले गर्नुभएको थियो । कार्यक्रम रामपुर बेझाडको होटल न्यु श्रिनगरमा चलेको थियो ।

SHARE