निसासिएर २ जनाको मृत्यु

0
95

पुस २७,२०७९वीरगञ्ज : पर्साको वीरगञ्ज महानगर(२२ जगरनाथपुरमा निसासिएर मंगलवार राति दुईजनाको मृत्यु भएको छ।

त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स ९कोइला डिपो०को रेखदेख गर्ने व्यक्ति झ्यालढोका बन्द गरी राति सुतेकोमा बुधवार बिहान अबेरसम्म निस्किएका थिएनन्। शंका लागी प्रहरी समेतको टोली पुगी ढोका फोडेर हेर्दा दुवैजना मृत्यु भएको अवस्थामा भेटिएका थिए।

पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी सुतेकोमा अक्सिजन ग्यास कमी भई निसासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

यसरी मृत्यु हुनेमा भारत बिहार राज्य मोतीहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नं। ७ बस्ने २९ वर्षीय पवित्र गिरी र भारत बस्ने सोही डिपोका म्यानेजर ३० वर्षीय मिथलेश यादव छन्।

घटनास्थलमा नारायणी अस्पतालबाट चिकित्सकको अनुसन्धान अधिकृतको टोली पुगी मुचुल्का उठाएको प्रहरीले जनाएको छ।

SHARE