Thursday, June 4, 2026

नेपालद्वारा भारत ९२ रनले पराजित

0

कात्तिक २२,२०८२ काठमाडौँ : हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत नेपालले आज भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सातरसात रन बनाए ।

नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुईरदुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए ।

यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । रासस

पूर्वमन्त्री आलमको निधन

0

कात्तिक २२,२०८२ रौतहट : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ ।

केएमसी अस्पताल सिनामंगलमा उहाँको शनिवार बिहान २ः५८ बजे उपचारका क्रममा निधन भएको काठमाडौँ मेडिकल कलेज सिनामंगलका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आए पछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

जिप दुर्घटनामा दुई जनाको मृत्यु

0

कात्तिक २२,२०८२ : लमजुङमा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मर्स्याङ्दी गाउँपालिका–६ नाइचेस्थित सडकमा जिप दुर्घटना हुँदा चालकसहित त्यसमा सवार एक जनाको मृत्यु भएको हो । मर्स्याङ्दी–३ खुदी बजारबाट सिमेन्ट बोकेर गएको हिदीखोला हाइड्रोपावरको बा ८च ३७३१ बलेरो जिप गएराति करिब ११ः३० बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक दोलखा मेलुङ गाउँपालिका–४ का ३० वर्षीय बिनोद खड्का र गाडीमा सवार सोही ठेगानाका २५ वर्षीय पारस खड्का रहेको जिल्ला प्रहरी कार्यालय लमजुडका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते हुनेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बु रहनुभएको छ । उहाँको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे राति १२ः३० बजे जानकारी पाएपछि बाहुनडाँडा र खुदी चौकीबाट प्रहरी टोली खटिई घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याएको थियो । गम्भीर घाइते दुईजनाको उपचारको क्रममा चिकित्सकद्वारा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

आफैं अनियन्त्रित भई जिप सडकबाट करिब आठसय मिटर तल खसेर दुर्घटना भएको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्रबाट

बढ्यो सुनको मूल्य

0

कात्तिक २१,२०८२ काठमाडौँ : आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य २ लाख ३८ हजार चार सय रुपैयाँ तोकिएको छ ।

नेपालमा भूकम्पको धक्का

0

कात्तिक २१,२०८२ काठमाडौँ ः नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला नजिक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहीबार राति १० बजेर ४० मिनेटमा दार्चुला जिल्लाको तवाघाट आसपास भारत सीमाक्षेत्र केन्द्रबिन्दु भएर स्थानीय रिक्टर स्केल अनुसार ४दशमलव १ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो ।

भूकम्पको प्रभाव दार्चुला आसपासका क्षेत्रमा हल्का रूपमा महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानविय क्षति वा भौतिक नोक्सानीको विवरण प्राप्त भएको छैन ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा साना ठुला भूकम्पका झट्का अनुभव भइरहेका छन् । भूगर्भ विभागले नागरिकलाई सचेत रहन र आधिकारिक जानकारीका लागि विभागको सूचना अनुसरण गर्न आग्रह गरेको छ । गोरखापत्र

घट्यो सुनको मूल्य

0

कात्तिक १९,२०८२ काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको कारोबार मूल्य प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यो मूल्य २ लाख ३८ हजार तीन सय रुपैयाँ कायम रहेको थियो ।

गुल्मीका दुई स्थानीय तहमा बुधबार (आज) स्थानीय बिदा

0
कालीगण्डकी गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

कात्तिक १९,२०८२ गुल्मी : गुल्मीका दुई स्थानीय तहले बुधबार (आज) स्थानीय बिदा दिएका छन् ।

जिल्लाको सत्यवती र कालीगण्डकी गाउँपालिकाले सत्यवतीमा कात्तिक १९ गते बुधबार भिकुम पूर्णिमाका दिन मेला लाग्ने भएकाले सूचना जारी गर्दै स्थानीय बिदा दिने जानकारी गराएका हुन ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि अध्यक्ष स्तरीय निर्णय अनुसार बिदा दिने निर्णय गरिएको कालीगण्डकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बुधबार पालिका मातहतका सम्पूर्ण कार्यालयहरु, संघ संस्था, विद्यालय ,बैङक तथा वित्तिय संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएका छन् ।

कालीगण्डकी र सत्यवतीको सङगम स्थल सत्यवती मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यस मन्दिरमा आएर सत्यवती बज्यै भन्दै चिच्याएर बर मागेमा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

रुपन्देहीका चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल

0

कात्तिक १८,२०८२ रुपन्देही : डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ ।ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका कार्यकारी निर्देशक सिलवालले बताउनुभयो ।

प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार बक्यौता रहेको छ ।

बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका छन् । गोरखापत्रबाट

मुसिकोटमा आज सार्वजनिक बिदा

0

कात्तिक १८,२०८२ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले बैकुण्ठ चतुर्दशी (मालिका पूर्णिमा पर्व) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

नगरपालिकाले कात्तिक १८ गते मंगलबार पालिका मातहतका सम्पूर्ण वडा कार्यालयहरू, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संस्थाहरूमा बिदा हुने नगरपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

मोटरसाइकल दुर्घटनामा गौतम र सागरको मृत्यु

0

कात्तिक १८,२०८२ अर्घाखाँची : अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पाणीनी गाउँपालिका निगालीबाट दुर्गाफाटतर्फ जाँदै गरेको ना ३६ प ३५०९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

चालक अर्घाखाँची पाणीनि गाउँपालिका ४ निगाली बस्ने १८ वर्षीय गौतम बिक र सोही स्थानका मोटरसाइकलमा सवार बर्ष २४ का सागर बिकको मृत्यु भएको अर्घाखाँचीका प्रहरी प्रमुख दिवश जिसिले जानकारी दिनुभयो।

घाइते सोही मोटरसाइकलमा पछाडी सवार सोही स्थान बस्ने २५ वर्षीय सन्तोष घर्ती र्घाते भएकाले थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।