गुल्मीका दुई स्थानीय तहमा बुधबार (आज) स्थानीय बिदा

0
72
कालीगण्डकी गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

कात्तिक १९,२०८२ गुल्मी : गुल्मीका दुई स्थानीय तहले बुधबार (आज) स्थानीय बिदा दिएका छन् ।

जिल्लाको सत्यवती र कालीगण्डकी गाउँपालिकाले सत्यवतीमा कात्तिक १९ गते बुधबार भिकुम पूर्णिमाका दिन मेला लाग्ने भएकाले सूचना जारी गर्दै स्थानीय बिदा दिने जानकारी गराएका हुन ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि अध्यक्ष स्तरीय निर्णय अनुसार बिदा दिने निर्णय गरिएको कालीगण्डकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बुधबार पालिका मातहतका सम्पूर्ण कार्यालयहरु, संघ संस्था, विद्यालय ,बैङक तथा वित्तिय संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएका छन् ।

कालीगण्डकी र सत्यवतीको सङगम स्थल सत्यवती मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यस मन्दिरमा आएर सत्यवती बज्यै भन्दै चिच्याएर बर मागेमा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

SHARE