
कात्तिक २२,२०८२ रौतहट : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ ।
केएमसी अस्पताल सिनामंगलमा उहाँको शनिवार बिहान २ः५८ बजे उपचारका क्रममा निधन भएको काठमाडौँ मेडिकल कलेज सिनामंगलका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आए पछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।






