पाल्पामा बेपत्ता युवकको शव फेला

0
322

असोज १४, २०७६ पाल्पा ः चार दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ। रिब्दीकोट गाउँपालिका–३ चकल्दीका ३५ वर्षीय विष्णु थापाको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। सोही गाउँपालिकाको वडा नम्बर ७ पालुङमैनादीको जलुकेस्थित कच्ची सडकभन्दा करिब २५० मिटर तल जंगलमा शव फेला परेको हो। यही असोज १० देखि उनी बेपत्ता थिए। आफन्तले खोजी गर्ने क्रममा शव फेला परेका हुन्। शव पोष्टमार्टमको लागि तानसेनस्थित जिल्ला अस्पताल पाल्पामा ल्याइको छ। थापा सोही बाटो हुँदै गहतेरमा बस्ने आफन्तको घरमा गएको बुझिएको छ।

SHARE