अस्पतालका डाक्टरलाई कोरोना पुष्टि भएपछि पाल्पा अस्पताल बन्द

0
260

कार्तिक १,२०७७ पाल्पा : डाक्टरलाई नै कोरोना संक्रमण भएपछि पाल्पा अस्पताल बन्द भएको छ।

दुई डाक्टरसहित अस्पतालमा रहेका एक जना सुरक्षाकर्मी र अन्य एक जनामा कोरोना संक्रमण भएपछि अस्पताल बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए।

उनका अनुसार आकस्मिक सेवा भने बन्द हुने छैन। अन्य सबै प्रकारका सेवा भने बन्द रहनेछन्। ​सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बन्द गर्नु परेको उनले बताए।

SHARE