
असोज २५, २०७७ पाल्पा : जिल्ला अस्पताल पाल्पामा पिसिआर परीक्षण सुरु भएको छ।
अस्पतालको मातहतमा रहेको प्रयोगशाला गत बिहीबारदेखि परीक्षण सुरु भएको हो। प्रयोगशालामा आठजना स्वास्थ्यकर्मीसहित ११ जना कर्मचारी रहेका छन्। स्वाब संकलनका लागि नाम दर्ता बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुने छ।
नाम दर्ता फोनबाट पनि गर्न सकिने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए। स्वाब परीक्षण मध्यान्न १२ बजेदेखि दिउँसो २ बजेसम्म हुने छ। परीक्षणको लागि २ हजार शुल्क लाग्ने छ।
नगरपालिका, गाउँपालिका र अन्य स्वास्थ्य संस्थाबाट सिफारिस गरिकएकाको परीक्षण शुल्क नलाग्ने उनले बताए।








