उनायचौरको ‘रुख घर’ सुनसान हुँदै

0
450

हुमाकान्त पोखरेल
असोज २२,२०७७ गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका ७ उनायचौरमा निर्माण गरिएको ‘रुख घर’ अर्थात ‘ट्री हाउस’ सुनसान जस्तै भएको छ ।

कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दी अर्थात लकडाउनका कारण ट्री हाउस सुनसान भएको हो । कुनै समय दिनकै १३ हजारसम्म पर्यटक आउने ट्री हाउस अर्थात रुख घरमा आजकाल भने कुनैदिन कोहि पनि जादैँनन् । भने केहि दिन ५० जनासम्म मात्र ट्री हाउसमा पुग्ने गर्दछन् ।
उनायचौरमा रहेको एउटा करिब १५ मिटर अग्लो सल्लाको रुखमा विभिन्न प्रविधि र सामग्रीको प्रयोग गरी रुख घर निर्माण गरिएको छ । उक्त रुख घर गत बर्षको भदौ ३ गतेदेखि संचालनाम आएको थियो । संचालनमा आउदाँका समयमा रुख घरले निकै चर्चा कमाएको थियो ।

प्रदेश ५ सरकारको १३ लाख लगानीमा डिभिजन बन कार्यालय, गुल्मीले रुख घर निर्माण गरेको हो । सदरमुकाम तम्घासबाट ७ किलोमिटरको यात्रापछि रुख घर पुग्न सकिन्छ । त्यसपछि सल्लाको रुख वरीपरि बनाइएको करिब १० मिटरजति सिढी अर्थात भ¥याङ चढेपछि रुखमै निर्माण गरिएको घरमा पुगिन्छ ।
उक्त घरबाट जिल्ला सदरमुकाम तम्घासका साथसाथै विभिन्न क्षेत्रहरु, अर्घाखाँची, बाग्लुङ, प्युठान लगायतका विभिन्न क्षेत्रका साथसाथै हिमशृङ्खला समेत देख्न सकिन्छ । रुख घर अवलोकन गर्ने जो–कोहिले पनि प्राकृतिक सौन्दर्यता र आनन्द लिने गर्दछन् । रुख घर अवलोकन गर्नको लागि जिल्लाका विभिन्न स्थानका साथै अर्घाखाँची, बाग्लुङ, स्याङ्जा, पोखरा, दाङ, प्युठान, बुटबल, काठमाडौ लगायतका स्थानमा मानिसहरु आउने गरेको रुख घरका व्यवस्थापक घनश्याम पन्थीले जानकारी दिए । तर लकडाउन सुरु भएदेखि भने त्यसरी आउने मानिसहरु ह्वात्तै घटेको उनले बताए । ‘केही समय दैनिक १३ हजारसम्म पनि टिकट विक्रि भयो, तर अहिले त सुनसान जस्तै बनेको छ ।’ उहाँले भन्नुभयो, ‘कहिलेकाही त शून्य नै हुन्छ, कहिलेकाही भने दैनिक ५० जनासम्म आएउनुभएको छ ।’ रुख घर अवलोकन गर्नेको तुलना गर्दा लकडाउन अघि र लकडाउन पछिको अवस्थामा धेरै अन्तर रहेको प्रतिक्रिया दिए । यदि यहि गतिमा पर्यटक नआए संचालन खर्च धान्न पनि मुस्किल पर्ने उनको भनाई छ ।

लकडाउनभन्दा अगाडी ६ महिनाको अवधिमा १ बर्षको अबधिमा ३ हजार ८ सय ७५ जना विद्यार्थी र १३ हजार १ सय ७० जना अन्य मानिस गरी कुल १७ हजार ४५ जनाले रुख घरको अवलोकन गरेका छन् ।
े लकडाउन भएदेखि चैतदेखि हालसम्म जम्मा एक हजार एक जनाले रुख घरको अवलोकन गरेका छन् । रुख घरमा चढ्नको लागि बृद्धबृद्धाका लागि निःशुल्क, विद्यार्थीका लागि १० र अन्य व्यक्तिका लागि २० रुपैँया तोकिएको छ । हालसम्म टिकट विक्रिबाट ३ लाख २२ हजार १७० रुपैयाँ आम्दानी भएको पन्थीले बताए । टिकट बाट संकलन भएको रकमलाई मन्दिर ब्यबस्थापन समितिले बचत गरेको छ ।
सिस्नेहार पाताल सामुदायिक, चुमाले उनायचौर सामुदायिक, दिप सामुदायिक वन र उनायचौर खड्ग भगवती मन्दिर ब्याबस्थापन समिति हेरचार गरेको छ । विभिन्न समितिहरुमार्फत रुख घरको व्यवस्थापन र संचालन गरिएको छ । रुख घरको व्यवस्थापनका लागि पनि एकजना कर्मचारीको व्यवस्था गरिएको छ । रेसुङ्गा नगरपालिका ७ का वडाध्यक्ष मोहन प्रसाद पाण्डेले अब विस्तारै लकडाउन खुकुलो हुँदै गएकोले रुख घरमा पर्यटकहरु आउने क्रम सुरु हुने विश्वास व्यक्त गरे ।

गुरु योजना बनाउदैँ छौ :मरासिनी
रुख घर सदरमुकाम तम्घास र रेसुङ्गा नगरपालिका मात्र नभएर समग्र गुल्मी जिल्लाकै सम्पत्ति हो । थोरै लगानीमा निर्माण गरिएको रुख घरले ठुलो मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने सम्भावना छ ।
त्यत्ति मात्र नभएर आगामी दिनमा थप रोजगार समेत सिर्जना गर्न सक्ने भएकोले यसको संरक्षण र प्रचार प्रसार हुनुपर्ने सरोकारवाला बताउछन् । यसै कुरालाई मध्यनजर राख्दै रेसुङ्गा नगरपालिकाले रुख घरको गुरुयोजना बनाउने तयारी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले पर्यटकीय स्थल रेसुङ्गासँगै ट्रान्जिट प्वाइन्टको रुपमा विकास गर्ने विकास योजना रहेको बताए । रेसुङ्गा नगरपालिकाका सबै पर्यटकीय क्षेत्रहरुलाई समेटेर रेसुङ्गा सर्किट बनाउने र त्यसैमा रुख घरको पनि विकास गरिने उनले बताए । उनले यो आर्थिक बर्षभित्रै उक्त काम सक्ने योजना रहेको पनि जानकारी दिए ।

SHARE