एक हप्तामा गुल्मीमा ५३१ जनाले बनाए राहदानी

0
6
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
कात्तिक ११,२०८१ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीबाट एक हप्तामा ५३१ जनाले राहदानी बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा ५३१ जनाको राहदानीका लागि आवेदन सङकलन भएको बताउनुभयो । जसबाट २७ लाख ८० हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको उहाँको भनाइ छ ।

गत आइतबार देखी शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता ५७२, प्रतिलिपि २९३, गैर आवासीय नागरिकता दुई, नावलक परिचयपत्र ४६ ,राहदानी वितरण ३६५,राष्ट्रिय परिचयपत्रका लागि आवेदन ७५६, परिचयपत्र वितरण ३७८, संस्था नविकरण छ र ९८ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

सोही अवधिमा राहदानीबाट २७ लाख ८० हजार पाँच सय रुपियाँ र संस्था नविकरणबाट तीन हजार छ सय रुपियाँ गरि कुल २७ लाख ८४ हजार एक सय रुपियाँ राजस्व सङकलन भएको गैरेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा यस अवधिमा नागरिकता ,राहदानी र परिचयपत्र बनाउनेको सङख्यामा वृद्धि भएको उहाँको भनाइ छ । दशै तिहारजस्ता पर्वहरुमा पर्व मनाउन देशका शहर र विदेशबाट पनि आउँदा राहदानी, नागरिकता बनाउनेको सङख्यामा पनि वृद्धि भएको गैरेले बताउनुभयो ।

न्यून जनशक्तिकाबीच पनि सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै बिहान साँझ गरी सेवा प्रवाह गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

SHARE