पालिकाबाटै श्रम स्वीकृति हुँदा समय र पैसा दुबैको बचत

0
3
पालिकाबाट पाण्डेलाई श्रम स्वीकृति प्रदान गर्दै । तस्विर :तिलाचन पाण्डे

तिलाचन पाण्डे
कात्तिक १०,२०८१ गुल्मीःविगत १० वर्षदेखी कतारमा रोजगारीमा रहनुभएका कालीगण्डकी १ का ३६ वर्षीय लक्ष्मीकान्त पाण्डे दसैँ मनाउँन घर आउनुभयो । दसैँ मनाएर पुनः रोजगारीका लागि कतार जाने समय आउँन थालेपछि उहाँलाई श्रम गर्नका लागि बुटवल वा काठमाडौँ जाने भन्ने अन्योलता छायो ।

पाण्डेलाई पालिकाबाटै श्रम स्वीकृति हुन्छ भन्ने बारेमा थाहा नै थिएन् । पहिले पहिले आउँदा बुटवल र काठमाडौँबाट श्रम गर्दै आउनुभएका उहाँले अहिले पनि त्यही होला भनेर सोच्नुभयो । तर अहिले गाउँको नजिकको सरकार पालिकाबाट श्रम स्वीकति भएपछि उहाँले खुसी ब्यक्त गर्नुभयो । पालिकाबाटै श्रम हुँदा उहाँको बुटवल काठमाडौँ जाने समय र पैसा दुवै बचत भएकाले आफूले बल्ल स्थानीय सरकार भएको अनुभूती पाएको बताउनुभयो । स्थानीय सरकार त खासमा सरकारै रहेछ भन्दै उहाँले १० मिनेटमै श्रम स्वीकृतिको काम सकिएपछि स्थानीय सरकार र कर्मचारीलाई धन्यबाट ब्यक्त गर्नुभयो ।

यस्तै केही महिना पहिले साउदीबाट घर आउनुभएका सोही स्थानका मित्रलाल पाण्डेले पनि पालिकाबाटै श्रम स्वीकृति पाएकोमा खुसी ब्यक्त गर्नुभयो । पालिकाबाटै श्रम गर्न पाउँदा उहाँले पनि समय र पैसा दुबै बचत भएको बताउनुभयो । विना झन्झट सहज रुपमा पालिकाबाटै श्रम स्वीकृति भएको उहाँको प्रतिक्रिया छ ।

गाउँपालिकाबाट आर्थिक वर्ष२०७९।०८० मा तीन जना, २०८०।०८१ मा २९ जना र चालु आर्थिक वर्षको हालसम्म चार जनाले श्रम गरेको कालीगण्डकी गाउँपालिकाका रोजगार सहायक तिलक रानाले जानकारी दिनुभयो । अझै पनि पालिकाबाट श्रमको काम हुन्छ भन्नेमा धेरै जानकार नभएका कारण बुटवल काठमाडौँ धाउने गरेको उहाँले बताउनुभयो ।

गाम्रीणस्तर सम्म पालिकाबाटै श्रमको काम हुन्छ भन्ने बारेमा प्रचार प्रसार गर्नेपर्नेमा रानाले जोड दिनुभयो ।

SHARE