पहिरोले घर पुरिँदा पाल्पामा ६ जना बेपत्ता

0
396
फाइल फोटो

असोज ८, २०७७ पाल्पा : पाल्पामा पहिरोले पुरिएर बिहीवार ६ जना बेपत्ता भएका छन्।
जिल्लाको रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो। हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए। उनकाअनुसार बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन्।

तिन दिनदेखि परेको अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन्। अहिले स्थानीयले उद्दार गरिरहेका छन्।
घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

SHARE