पाल्पामा ६ जनप्रतिनिधिसहित २८ जनामा कोरोना पुष्टि

0
280

भदौ २५, २०७७ पाल्पा : पाल्पामा २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।

जसमध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन्। जिल्लाको तानसेन नगरपालिकामा १६, रम्भा गाउँपालिकामा ९ जना र विभिन्न अस्पताल उपचाररत ३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।
संक्रमितमध्ये २५ जना पुरुष र ३ जना महिला रहेका छन्। यी मध्य दुईजना वडा अध्यक्ष रहेका छन्। तानसेन नगरपालिका र रम्भा गाउँपालिकाका विभिन्न वडाका दुई जना वडाध्यक्ष रहेका छन्। उनीहरू सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।
पाल्पामा कोरोना संक्रमितको संख्या ६४० पुगेको छ। जसमध्य ५८१ पुरुष र ५९ जना महिला रहेका छन्। ५७० जना निको भएर घर फर्किएका छन्। संक्रमणका कारण २ जनाको मृत्यु भएको छ।

SHARE