रेसुङ्गा विमानस्थलमा टर्मिनल भवन र कन्ट्रोल टावरको शिलन्यास

0
467

टोपलाल अर्याल

गुल्मी : रेसुङ्गा बिमानस्थलको अहिले अन्तिम चरणका कामहरु भइरहेका छन् । बिमानस्थलको अवको महत्वपूर्ण संरचना धावन मार्ग, टर्मिनल भवन, कन्ट्रोल टावर र तारजाली हो । त्यो मध्ये धावन मार्ग निर्माणको काम गत बर्षनै संचालन भएको थियो । बुधबार टर्मिनल भवन, कन्ट्रोल टावरको शिलन्यास भएको छ । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र टावरको शिलन्यास गरेका हुन् । टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्यन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभाग मार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जे.भीले निर्माण सम्झौता गरेको छ ।
एक बर्षमा भवन र टावर निर्माण
विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड ५२ लाख नौ हजार छ सय १० रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको श्रेष्ठ कन्सट्रक्सनका व्यावस्थापक हरि कुमार श्रेष्ठले जानकारी दिए । ०७६ चैत ४ गते सम्झौता भएको भवन र टावरको काम ०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ । अहिलेभन्दा कोभिडको संक्रमण नबढेमा अन्तिम मिति अगाडीनै काम सम्पन्न गर्ने श्रेष्ठले जानकारी दिए । टर्मिनल भवन र कन्ट्रोल टावरको शिलन्यास गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । भुसाल र शर्माले अहिले पनि कोभिडको कारण निर्माणको काम र ढुवानीमा आफुहरुले कुनै अवरोध नगरेको बताउँदै अझै पनि व्यावसायीलाई काममा कुनै समस्या नहुने बताए ।
धावन मार्गको काम सुस्त
महत्पवूर्ण संरचनाको काम निममित भए आगामी बर्ष बिमानस्थल निर्माणको काम सम्पन्न हुन्छ । टर्मिनल भवन र कन्ट्रोल टावरसहितको अर्को महत्वपूर्ण संरचना धावन मार्ग हो । ०७६ साउनमा धावन मार्गको काम रौताहा हरि हरि जे.भीले सात करोड २५ लाखमा सम्झौता गरेको छ । तर धावन मार्ग निर्माणको कामले सोचे अनुसारको गति लिएको छैन् । सम्झौता अनुसार ०७७ कार्तिकसम्म धावन मार्ग कालो पत्रेको काम पुरा गर्नुपर्ने भएपनि ३० देखि ३५ प्रतिशत काम मात्रै भएको बिमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारले जानकारी दिए । केहि मात्रामा कोभिडको असर देखिए पनि निर्माण कम्पनीले कामनै नियमित नगरेको उनको भनाई छ । त्यस्तै बिमानस्थल तारजालीको काम पनि ०७६ पुसमा मौषम हरिष निर्माण सेवाले ९१ लाखमा निर्माण सम्झौता गरेको छ । काम नियमित भए करिव तीन महिनामा तारजालीको काम सम्पन्न हुने बिमानस्थल सहायक आयोजना प्रमुख परियारले बताए ।
पाँच बर्षमा ४५ प्रतिशत प्रगती
रेसुङ्गा विमानस्थल निर्माणको काम ०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदिप कुमार ज्ञवालीले गरेका थिए । शिलन्यासपछि थुप्रै बर्ष कुनै काम भएन् । औपचारिक रुपमा ०७२ सालबाट बिमानस्थल निर्माणको काम नियमित रुपमा भएको छ । बिमानस्थल शिलन्यास गर्दा पर्यटकन मन्त्री भएका ज्ञवाली अहिले परराष्ट्र मन्त्री छन् । धुले परिक्षण उडान भएका पनि दुई बर्ष बढि भए । अहिले नियमित उडानको संरचना निर्माणको काम भइरहेको छ । पछिल्लो समय ज्ञवालीले बिमानस्थल निर्माणलाई बिशेष चासो दिएकाले आगामी बर्षसम्म सवै काम सम्पन्न गर्ने बिमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए । उनले आफुहरुको सोच अनुसारको निर्माण व्यावसायीहरुले काम नगर्ने प्रवृति भएकाले समयमै काम गर्न गाह्रो भएको पन्थले बताए । बिमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार अहिलेसम्म जग्गा अधिकरण, कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल र बाह्य ढल निर्माणको काम गरेर बिमानस्थल निर्माणको काममा २१ करोड खर्च भएको छ । समग्र बिमान स्थल निर्माणको हिसावले आर्थिक तथा भौतिक रुपमा ४५ प्रतिशत काम भएको परियारले बताए ।

SHARE