खोलामा डुबेर दुई वर्षीय बालकको मृत्यु

0
1298

सुशीला रेग्मी

साउन १७,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिका ३ अर्खलडाँडा घर भई हाल रामपुर ५ मटेरीमा कोठा भाडामा बस्दै आएका बलबहादुर ठाडाका छोरा विप्लप ठाडाको शनिवार दिउँसो साढे दुई वजे खोलामा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।

आज दिउँसो खेतमा धान गोडमेल गर्न आमा सीता ठाडाले साथमै छोरा लिएर जानुभएको थियो । आमाले धान गोडमेल गरिरहेको अवस्थामा बालकको खेत नजिकैको भुलादी खोलामा डुबेर मृत्यु भएको हो । उपचारका लागि रामपुर अस्पतालमा लगिएपनि अस्पतालले मृत घोषणा गरेको हो ।

SHARE