पाल्पामा बाढीले बगाएर एकको मृत्यु

0
310

सुशीला रेग्मी

साउन १३,२०७७ पाल्पा : बाढीले बगाउँदा पाल्पा रम्भा गाउँपालिका १ असेर्दीका ३० वर्षिय दिनेश अर्यालको मृत्यु भएको छ । अबिरल वर्षा परेपछि भल रोक्न गएराती करिव १ वजे खेतमा गएका अर्याललाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आफ्नै खेतमा ढुंगा माटो सहित पहिरोको भलले बगाएर करिव दश मिटर तल मृत अवस्थामा भेटिएका अर्यालको थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

SHARE