तिनाउँ खोलाले बगाउँदा सारुको मृत्यु

0
735

सुशीला रेग्मी

साउन ११ : ०७७ पाल्पा : पाल्पा माथागढी गाउँपालिका १ चिदीपानी बस्ने ५३ वर्षीय हर्कबहादुर सारुको तिनाउँ खोलाले बगाएर मृत्यु भएको छ ।

आज अपरान्हको समयमा गाउँपालिकाको वडा नं २ स्थित तिनाउँ खोला पार गर्ने क्रममा बगाएर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खोलाले बगाएको स्थान देखि दुई सय ५० मिटर पर सारुको शव फेला परेको हो ।

SHARE