पहिरोले अवरुद्ध भएको बुटवल–पाल्पा सडक एकतर्फी सुचारु

0
848

बुटवल, २८ भदौ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको माथिल्लो सिद्धबाबा नजिकै ढुङ्गे पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ ।



बिहान ९:१५ बजेबाट अवरुद्ध सडक एकतर्फी संचालनमा आएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पोखरा लगायतका स्थानतर्फ जाने र विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका सवारी साधन र यात्रु अलपत्र परेका थिए।

सडक सुचारु भएसँगै यात्रुहरु आफ्नो गन्तव्यमा जान हिँडेका छन् । यो सडक खण्डमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । सडक पूर्ण रुपमा संचालनको लागी काम भइरहेको प्रहरीले जनाएको छ ।

SHARE