विमला ढकाल,
जातीय छुवाछत भन्ने बित्तिकै जातजातीका बीचमा गरिने छुवाछुत भनेर बुझ्न कसैलाई समय लाग्दैन । विशेष गरी एक जातीले अर्को जातीबीचमा गरिने भेदभाव नै जातीय छुवाछुत हो । तर आजको यस समयमा जातजातीका नाममा भेदभाव गरिनु उचित हुन्छ त ? भन्ने कुरा तर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ ।
परापुर्व कालदेखि नै समाजमा जडा गाडेर रहेको छ – जातीय छुवाछुत । समाजमा मात्र नभएर हरेक मानिसको मन मष्तिकमा पनि यसले नराम्ररी प्रवाभ पारेको छ । हाम्रा बावुबाजेले त्यति बेलाको समयमा जातजातीका नाममा भेदभाव गरे । उनीहरुले तल्लो जात माथिल्लो जात भनेर छुट्याए पनि विगतलाई केलाएर हेर्दा त्यो देखिन्छ । र गरिएको पनि थियो । तर अब पनि के मान्छे मान्छेबिच भेदभाव गर्न जरुरी छ रु के अझै पनि हाम्रो सोच परिर्वतन गर्ने बेला भएको छैन त ?
अशिक्षित थियो त्यतिबेलाको समाज शिक्षाको विकाश भएको थिएन । त्यो समय अलग थियो । परिस्थिती अलग थियो । तर अहिले पनि के त्यहि समय हो त ? जातीय छुवाछुतको अन्त्य गरेर न्यायपुर्ण समाजको निमार्ण गर्नु पर्ने समयमा हामी आफै अझै यो जटिल समस्याबाट बाहिर आउन नसक्नु साच्चिकै दुःखद छ ।
यो जातजातीबिच भेदभाव कस्ले र किन चलायो भन्ने मलाई त्यति जानकारी छैन । र म त्यतातिर जान चाहेन पनि तर आज म जातीय छुवाछुत र मैले देखेको नेपाली समाजको विषयमा केहि अवश्य केलाउने छु ।
नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो भनेर हामीले सानैदेखि पढ्दै आएका छौँ । जसरी एउटा बगैँचामा विभिन्न थरीका फूलहरु ढकमक्क फुलेका हुन्छन् । त्यस्तो बगैँचाको दृश्यले सबैलाई मोहित पार्छ ठिक त्यसरी नै हामी सबै जातजाती भाषाभाषी, धर्मालम्वी भएका व्यक्तिहरु एक आपसमा मिलेर समाजलाई सुन्दर बगैँचा बनाउने समय हो यो । तर हामी आफै जातीयताका नाममा भेदभाव गरेर समय बर्वाद गरिरहेका छौँ ।
हामी आफूलाई सबै भन्दा सर्वश्रेष्ठ प्राणी ठान्छौँ । तर यस्ता समाजमा समय समयमा घट्ने केहि गतिविधी हेर्नी हो भने पशु र मानवमा केहि अन्तर छ । जस्तो लाग्दैन मलाई ।
मानव सभ्यताको विकास क्रम सँगसँगै मानिस समाजको आवश्यकता महशुस गर्न थाल्यो । र समाजमा बस्न थाले पछि सामाजिक प्राणी भएको विज्ञान बताउँछ । हामी समाजमा त बस्यौँ । सामाजिक आवश्यकता महसुस गर्न थाल्यौ । यो बिचमा थुप्रै परिर्वतनहरु भए । सामाजिक, आर्थिक र राजनीतिक लगायतका थुप्रै थुप्रै । तर मानषिक परिर्वतन भने अझैँ हुन सकेन ।
नेपाली समाजमा समय समयमा घट्ने कतिपय यस्ता कहाली लाग्दा घटनाहरुले मानिसमा अझै चेतनाको विकास भैँ नसकेको जस्तो भान हुन्छ । समाज र राष्ट्र परिर्वतनको सम्वाहक ठान्ने मानव प्राणी आज आफ्नै सोच परिर्वतन गर्न नसकेर लज्जित छ । सामाजिक, आर्थिक, राजनीतिक लगायतका परिर्वतन त समयको विकास क्रम सँगसँगै स्वयम भएर जाने कुराहरु हुन । तर यस समयमा मानषिक परिर्वतन सबै भन्दा महत्वपुर्ण छ ।
मेरै समाज वरपरको कुरा गर्ने हो भने पनि यहाँ जतिसुकै शिक्षित र आधुनिक ठानिएका मान्छेहरु पनि यस्ता भेदभावबाट अछुतो छैनन् । बाहँुन क्षेत्रीबिचको भेदभाव, क्षेत्री दलितबिचको भेदभाव दलित कामीबिचको भेदभाव लगायतका अन्य थुप्रै भेदभावहरु विद्यमान छन् ।
यी सबै भेदभावहरु मान्छेका सोच र विचारले जन्माएका हुन । संविधानमा जतिसुकै मानव अधिकारको हक, समानताको हक भनेर उल्लेख गरिए पनि यो व्यवहारमा पुर्ण रुपमा लागु भएको पाइदैन । यहाँ अझै पनि बाहुनले क्षेत्रीमाथिको विभेद, क्षेत्रीले दलित माथिको विभेद बाहँन क्षेत्रीले जनजातीमाथिको विभेद लगाएतका अन्य विबेद गर्न अझै छोडेका छैनन् ।
दलितहरु हिन्दु सम्प्रदायका एक जाति भएतापनि तिनै हिन्दु सम्प्रदायका उच्च जातिबाट उत्पीडन र शोषणमा पर्दै आएका छन् । दलित जातिमा कामी दमाई, बादी, सार्की, ढोलि, हुडके, गाइने, दर्जी, लोहार, नगर्ची, सुनार, टमट्टा, कसेरा, मिजार इत्यादि रहेका छन् । यस्तै तराईमा डोम, हलखोर, चिडिमार, कलवार, तेलि, धोवी, सुदि, हजाम, खत्बे, चमार, पासवान, दुशाद, मुसहर, खटिक, रजक इत्यादि छ ।
यसैगरी नेवार समुदायमा पनि दलित जतिका रूपमा खडगि, कपाली, नाइ, कुलु ,सुवर्णकार, चर्मकार, देउला, पोडे, च्यामा लगाएत रहेका छन् ।
जातीय छुवाछुत गर्नेलाई कानुन अनुसार सजाय तोकिए पनि त्यो कानुन मै सीमित छ । शहर बजारका केहि सीमित ठाँउमा लागु होला । तर यसले जातीयताका नाममा वर्गिय विभेद निम्त्याएको छ । पीडित पक्षले पीडा भोगिरहेकै छन् । अनि पीडकले पीडा दिइरहेकै छन् ।
म अहिले तराइमा बसोबास गरेपनि पाहाडि भेगमा जन्मेको भएकाले मलाई त्यस्ता पिछडिएका क्षेत्रमा अझै जातजातिका नामममा गरिने भेदभाव अन्त्य भैसकेको जस्तो लाग्दैन् । मेरो घर कर्णाली प्रदेशको विकट मानिएको जिल्ला दैलेख हो । अहिले हामी बसाइसराइको सिलसिलामा बर्दिया झरेपनि मेरो बाबा भने अझै दैलेखमै बस्नुहुन्छ । उहाँ दैलेखमै शिक्षण गर्नुहुन्छ । म समय समयमा त्यतातिर गइराख्छु । त्यहाँ पुग्दा त्यहाँको सबै क्रियाकलापले मलाई अझै जातिय छुवाछुत अझै व्याप्त रहेको आभास दिलाउछ ।
नेपालको संविधान २०७२ को भाग तीनको धारा १८ मा समानताको हक र धारा २४ मा छुवाछुत र भेदभाव विरुद्धको हक उल्लेख गरिएको छ । कुनै पनि व्यक्तिलाई निजको उत्पती र जातजाती, समुदाय पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजजिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनेर प्रष्टै उल्लेख गरिएको छ ।
यस्ता प्रकारका छुवाछुत तथा भेदभाव जन्य कार्य गम्भिर र सामाजिक अपराधहरुका रुपमा कानुन बमोजिम दण्डनिय हुने र त्यस्तो कार्यबाट पीडीत व्यक्तिलाई कानुन बमोजिम क्षतीपुर्ती पाउने हक हुनेछ भनेर प्रष्टै उल्लेख गरिएको छ । कानुनले त सबै जातजातीका हक अधिकारलाई सुनिश्चित गरेको छ तर पनि जातजातीका नाममा गरिने विभेद नेपाली समाजमा अझै पनि विद्यमान रहेको पाइन्छ ।
वि।स २०६३ सालको प्रतिनिधी सभाको घोषणा पत्रले नेपाललाई जातीय भेदभाव र छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको छ । दलितहरुको हक अधिकारको संरक्षणका लागि संबिधानले दलित आयोगको स्थापना गरेको छ ।
समाजमा समय समयमा घट्ने कतिपय विविध खालका कहालीलाग्दा घटनाले कोमल मन मष्तिस्कमा गहिरो असर पारिरहेको छ । मान्छे जानेर या अन्जानमै यो समस्याबाट ग्रसीत छ । आफ्नो सोच परिवर्तन गर्न तर्फ मान्छे लागेकै छैनन् ।
यसो भनेर मैले सबै मानिसलाई एउटै दर्जामा भने राखेको होइन् । केहि व्यक्तिले यस्ता खालका विभेद अन्त्य गर्नका लागी समाजमा आवाज उठाएका पनि छन् । लामो संघर्ष पछि केहि परिवर्तन पनि अवश्य भएको छ । जातिय छुवाछुत केहि मात्रामा निर्मुल भैरहेको छ । तर जे जति परिवर्तन भएको छ त्यो पर्याप्त भने छैन् ।
मान्छे किन यस विषयमा बोल्न चाहदैन् थाहाँ छ तपाइलाई रु किन कि उसलाई समाजको डर छ । घर परिवार, आमाबुवा, आफन्त इष्टमित्र आदि इत्यादिको डर छ । अरुले केभन्ला, सामाजिक बहिष्कार गर्लान भन्ने डर छ । त्यसैले केहि मानिसहरु चाहेर पनि आवाज उठाउन सकिरहेको अवस्था छैन् ।
तर मानिस किन बुझ्दैन समाज भनेको हामी आफै त हौ भनेर । जातीयताको खोल ओढेर आफलाई माथिल्ला जातजाती भनेर छाति फुलाउनेहरु हो एकपटक तिमीहरुले हरेकपटक तल्लो जाती भनेर हेला गरिरहेका दलितहरुको ठाउँमा स्वयम आफुलाई राखेर हेर त त्यसपछि तिमीले आफै थाहाँ पाउने छौ । विभेद आफुले कुन आधारमा गरेको भनेर लाज लाग्ने छ ।
आफु नमरी स्वर्ग देखिदैन भन्ने उखान त्यसै चर्चित भएको हैन् । जबसम्म मान्छे आफैले स्वयम भोग्दैन । तबसम्म सबै कुरालाई सामान्य ठान्छ । तर मान्छेले स्वयम मान्छे – आफुजस्तै अनुहार, रुप रङ, आकार० भएको अर्को मान्छेलाई तल्लो र माथिल्लो जातका आधारमा विभेद गर्नु उचित छैन् भन्ने कुरा माथिल्लो जाती भनाउदाहरुले कहिले बुझ्ने ।
समाजमा शिक्षाको विकास, चेतनाको विकास, भैरहदा, मानिस समाज परिवर्तनको दिशामा अघि बढिरहेको छ भनिरहदा मेरो मनमा यो प्रश्न उव्जीरहेको छ कि माथिल्ला भनाउदाहरु आफुलाई कुन आधारमा माथिल्लो ठान्छ्न होला, के उनीहरुको संसार अलग्गै होला त, के उनीहरु आफ्नो सोच बदल्न सकिरहेका छ्रैनन्, या त बदल्न चाहदैनन् आदि इत्यादि ।
मैले यसो भनिरहदा पहिलो प्रश्न त तपाईहरुले मलाई नै गर्नुहुन्छ होला । तर मैले सानै देखि जे देखे, त्यो सबै देखेर अचम्म लाग्यो, तल्लो जात, माथिल्लो जात रे । आखिर रतग त सबैको रातै त हुन्छ नि भन्ने प्रश्न मनमा उब्जियो । सोध्ने कसलाई, जातियताले नराम्रो संग जडा गाडेको मेरो समाजमा मेरो प्रश्नको जवाफ कस्ले दिन्थ्यो । उल्टै सानै छेस्, धेरै जान्ने हुन्छीस्, मेरो समाजको जवाफ मलाई एहि थियो ।
मैले सहजै कसैलाइ सोध्ने आट पनि गरिन । किनकि म कर्णाली प्रदेशको विकट जिल्लामा जन्मिएकि थिए । जाहाँ जातिय छुवाछुत प्रत्येक मानिसमा मनमस्तिष्कमा गहिरो रुपमा बसेको थियो । तर हामी सबै नेपाली त हौ, हामी सबैको सोचपनि सकारात्मक भैदिए, जातिय छुुवाछुत पुर्ण रुपमा अन्त्य भैदिए भन्ने मलाई लागिरहेको छ ।
समाजमा व्याप्त रहेको विभेदलाई सरकारले नै बढवा दिइरहेको पनि आभास हुन्छ । विद्यालय स्तरबाटै दलितलाई छुट्टै छात्रवृद्धी, दलितका छोराछोरीलाई रोजगारको अबसर लगाएतका कुराहरु सरकारबाटै भएका पाइन्छन् ।
जातिय विभेद अन्त्य गर्न जातजातिसंग जोडिएका सबै आरक्षणका कोटाहरु हटाउनुपर्छ । सबैलाइ समानताको अबसर दिनुपर्छ । त्यसका लागि पिछडिएको क्षेत्र र परिब विपन्नलाई विशेष अबसर प्रदान गरिनुपर्छ ।
सरकारले बुझ्न जरुरी छ कि कर्णाली प्रदेशको विकट जिल्लामा बसोबास गर्ने बाहुन र काठ्माण्डौमा बस्ने दलितमा अन्तर के छ त, कस्लाई आरक्षणको आबश्यकता छ । तसर्थ समाजमा रहेको यो विभेद अन्त्यका लागि दलित शब्दलाई सरकारले नै हटाउनुपर्छ ।
जातीयका आधारमा भेदभाव गर्नेलाई कानुन अनुसारको सजाय हुनुपर्छ । सबैलाई सम्मान पुर्वक वातावरणको निर्माण गर्नुपर्छ । यसको जिम्वेवारी तपाई हामी सबैको हो । तसर्थ आउनुहोस् तपाई हामी आफैबाट आफ्नो सोच परिवर्तन गरौ । समाज परिवर्तनका लागि यस्ता विभिद खालका विभेदहरुको अन्त्य गरौ । सबै एकजुट भएर सबैले आफ्नो सोच विचार परिवर्तन गरेमा यस्ता खालका विभेदहरु आफै अन्त्य भएर जानेछन् भन्नेमा दुई मत छैन् ।
ढकाल बर्दियामा रहेर पत्रकारिता गर्छिन ।