पाल्पाका कोरना सङ्क्रमित आइसोलेसन कक्षमा

0
456

सुशीला रेग्मी

रामपुर (पाल्पा), १९ जेठ  :पाल्पामा पहिलो पटक देखिएका कोरना सङ्क्रमितलाई आइसोलेसन कक्षमा ल्याएर राखिएको छ ।

आइतवार रैनादेवी छहराको क्‍वारेन्टाइनमा बसेका ३८ र ४० वर्षीय पुरुष र माथागढी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ वर्षीय पुरुषमा कोरना सङ्क्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये रैनादेवी छहराका दुई जनालाई गएराती नै सदरमुकाम तानसेनको मिसन अस्पताल नजिकै निर्माण गरेको वृद्धाश्रम भवनको आइसोलेसन कक्षमा ल्याएर राखिएको छ ।

माथागढी गाउँपालिकाका एक जनालाई भने आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

आइतबार साँझ प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको र सङ्क्रमित तीनै जना एक हप्ता अघि भारतबाट आएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म दुई सय ७४ जनाको पीसीआर विधिबाट परीक्षणका लागि भैरहवा पठाएपनि दुई सय ५७ जनाको परीक्षण गर्दा तीन जना पोजिटिभ देखिएको हो भने अन्य १४ वटा रिपोर्ट आउन बाँकी छ

SHARE