पाल्पामा दोस्रो चरणको राहत वितरण सुरु

0
309

सुशीला रेग्मी

रामपुर (पाल्पा), २२ वैशाख  : पहिलो चरणको राहत वितरण सुरु गरेका जिल्लाका स्थानीय तहले दोस्रो चरणको राहत वितरण प्रक्रिया अगाडी बढाएका छन् । पहिलो चरणमा राहत पाउनबाट वन्चित भएका अति विपन्न, दैनिक ज्यालादारी मजदुरी गर्ने परिवारलाई लगत सङ्कलन पश्चात राहत वितरण गर्न थालिएको छ ।

पहिलो चरणमा दुई सय ८६ घर परिवारलाई राहत वितरण गरेको सनूदी गाउँपालिकाले दोस्रो चरणमा दुई सय २५ परिवारलाई राहत वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत भगवानभक्त अर्यालले बताउ । राहतबापत दैनिक उपभोग्य सामाग्रीहरु चामल, दाल, नुन, तेल, मसला र साबुन वितरण गरिएको छ ।

रम्भा गाउँपालिकाले दोस्रो चरणमा एक सय ७८ परिवारका छ सय १२ नागरिकलाई राहत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिउ । उनका अनुसार पहिलो चरणमा एक सय ६० परिवारका चार सय ४१ जनालाई राहत दिइएको छ ।

पहिलो चरणमा आठ सय ९५ घरपरिवारलाई राहत वितरण गरेको माथागढी गाउँपालिकाले दोस्रो चरण अन्र्तगत दुई सय परिवारलाई वडा वडाबाट वितरण प्रक्रिया सुरु गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर बताए ।

यस्तैगरी बगनासकाली गाउँपालिकाले दोस्रो चरण अन्र्तगत अति विपन्न दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने छ सय ११ घरपरिवार र ३४ जना बाहिरबाट यहाँ ज्यालादारी गर्ने मजदुरलाई राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए । यहाँ पहिलो चरणमा तीन सय ८१ परिवारलाई राहत वितरण गरिएको थियो ।

यसैगरी पहिलो चरणमा एक हजार ६६ परिवारलाई राहत वितरण गरेको रामपुर नगरपालिकाले दोस्रो चरण अन्र्तगत एक हजार आठ सय ९७ परिवारलाई सोमवार देखि राहत वितरण गर्ने नगर प्रमुख रमणबहादुर थापाले बताए ।

पूर्वखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरणका लागि वडा वडाबाट लगत सङ्कलन कार्य गरिरहेको छ । पहिलो चरणमा दुई सय ५८ परिवारलाई राहत प्रदान गरिसकिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

SHARE