हुँगाका चन्द्र भन्छन् लकडाउनले कुखुरा विक्रि भएनन् हामी किसान के गर्ने ?

0
548

सागर भण्डारी

वैशाख ११ गुल्मी  : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण सम्पूण क्षेत्रहरु प्रभावित बनेका बेला कृषकहरु पनि मारमा परेका छन् । लकडाउनका कारण उत्पादित कृषि उपजको बजारीकरण नहुनुले किसान निराश बनेका छन् ।
अझै त्यसमा पनि पशु र कुखुरा पालक कृषकहरु त झनै मारमा परेका छन् । अहिले कोरोना भाईरसका कारण धेरैले मासु कम आएका छन् । जसका कारण कुखुरा विक्रि भएका छैनन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं १ हुँगाका चन्द्र भण्डारीले लकडाउनका कारण कुखुरा विक्री नभएपछि व्यवसाय नै छाड्नुपर्ने स्थिति आएको गुनासो गर्छन् । भण्डारीलाई लकडाउनले निकै पिरलेको छ । फार्म भरी कुखुरा बेच्नको लागि तैयारी अवस्थामा छन् तर कहाँ बेच्ने कसरी बेच्ने केही मेसो छैन् ।
पहिले पहिले स्थानीय स्तरमै राम्रो मासु खपत हुने गरेकोमा अहिले मासु विक्री हुनै छाडेको छ । खोरमा रहेका कुखुरालाई दाना दिएर यत्तिकै राख्नु परेको छ । न विक्रि हुन्छ न त नाश गर्न नै सकिन्छ । उनले ब्रोइलर कुखुराबाट यस अगाडी राम्रै आम्दानी गरेको भएपनि अहिले भने लकडाउनले कुखुरा नै विक्री भएका छैनन् । अहिले उनको खोरमा ५ सय ब्रोइलर कुखुरा छन् । तर विक्री भने भएको छैन् । दिनमा त्यस्तै १र२ किलो बिक्री हुन्छ, यी कुखुरा हुर्काउन झनै समस्या भएको छ यतिबेला दाना पनि धेरै खान्छन् उनले दुखेसो गरे ।
देश बिदेशमा रोजगारमा असफल्ता मिलेर आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सोच बोकेर आफ्नै गाउँमा व्यवसाय गर्दै आएका भण्डारीले गाउँमै कुखुरा पालन सुरु गरेका थिए । केही समय देखि कुखुरा पालन गर्दै आएका उनले लकडाउनले आफु जस्ता कृषकवर्गलाई निकै पिरोलेको बताउँछन् ।लकडाउन भन्दा अगाडि लिएका ब्रोइलर कुखुराका चल्ला अहिले करिब ५र६ किलो सम्मका भए तर बिक्री भने जस्तो भएको छैन ।लकडाउन भन्दा अगाडि उनले ब्रोइलर कुखुराबाट राम्रो आम्दानी गर्दै आएको बताउँछन् । खै गाउँपालिकाले खरिद गर्छ भन्ने त सुनेछु होकी हैन थाहा छैन् । यस्तै अवस्था आएर विक्री नभए कुखुरा नै नष्ट गर्ने अवस्था आउने उनले बताए ।
उनले स्थानीय तहले आफूजस्ता कृषकहरुको कृषि उत्पादन बजारीकरणका लागि सहजता र समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।लकडाउनका कारण दाना र कुखुरा ओसार पसार तथा विक्री वितरण नभएपछि भण्डारी जस्तै अन्य कुखुरा पालक कृषकहरु निराश बनेका छन् । लाखौँ लगानी लगाएर स्वदेशमै केही गर्ने सपना बोकेका कृषकहरु पेशा नै परिवर्तन गर्ने सोँचसम्म पुगी सकेका छन् ।

SHARE