कोरोनाको त्रास संगै चैते धान रोपाँई

0
383

तिलाचन पाण्डे
बैशाख ६,२०७७ गुल्मी  : देश अहिले लकडाउनमा रहेको छ । एक ठाउँदेखि अर्को ठाउँमा आवात जावत ठप्प छ तर गुल्मी धुर्कोट गाउँपालिका ५ का भागीरथ सिजललाई भने चैते धान रोप्नका लागि भ्याई नभ्याइ छ ।
सिजलको घर धुर्कोट गाउँपालिकामा भएपनि खेत भने इश्मा गाउँपालिकाको दर्लामचौर घुम्बु फाँटमा रहेकाले खेतला खोज्न र सबै जोहो गर्नका लागि पनि समस्या भएको उनी बताउँछन् । मगंलबार बिहानै उठेर गोरु हली र खेतलाको ब्यबस्था गरी खेततर्फ लागेको उनी बताउँछन् ।
कोरोनाका कारण मनमा डर लाग्दै केही भइपो हाल्ने हो की भन्दै खेत तर्फ लागेको उनी बताउछन् । यस समयमा खेतला खोज्न र सबै ब्यबस्था गर्न समेत समस्या भएको भए पनि सधै खाने खेती गर्नका लागी उच्च सर्तकताका साथ खेतमा आएको उनी बताउछन् ।
घुम्बुफाँटमा १० जना खेतला सहितको ब्यबस्था गरी अहिले छोटो चैते मार्सी धान रोपेको सिजलले बताए । मार्सी धान छोटो , होचो र अति राम्रो फल लाग्ने भएकाले यहि धानलाई नै छनोट गरेको उनले बताए । प्राय जसो चैते धान धेरैले रोपी सकेको बताउदै उनले आफू अरु भन्दा चैते धान रोपाँइमा पछाडी रहेको समेत बताए । दूई हलले सकिने आफनो यहाँ खेत भएको भन्दै कोरोनाको उच्च सर्तकता अपनाई ,दुरी कायम गरी चैते धान बैशाखमा रोपेको उनी बताउँछन् ।
२ बर्ष पछि धान रोप्ने अबसर मिल्यो
यस्तै २० बर्षिय युवा भिम मुखियाले २ बर्ष पछि खेतमा चैते धान रोप्ने अबसर मिलेको खुसी ब्याक्त गरेका छन् । उनले बिगत २ बर्ष पहिले धान रोपेको भएपनि यस बर्ष घुम्बुफाँटमा चैते धान रोप्दा मनमा आनन्द आएको बताएका छन् । गाँउमै भए पनि अन्य समयमा अरु कामै ब्यस्त भइने र अहिले लकडाउनको समय भएकाले धान रोप्ने अबसर मिलेको उनी बताउँछन् । अझै पनि कतिपय स्थानहरुमा महिलाहरुले मात्र धान रोप्नु पर्छ भन्ने मान्यता रहँदै आएको बताउदै उनले युवाहरुले पनि धान रोप्न चासो दिनुपर्नेमा उनले जोड दिएका छन् ।
धुर्कोट ५ कै सरीता मुखियाले सोही खेतमा हात छिटो छिटो चलाउँदै चैते धान रोप्दै दैनिकी चलाउनका लागि मेलापात गर्ने गरेको बताइन् । उनले एक दिनमा खेतमा धान रोपेको तीन सय रुपैयाँ ज्याला लिने गरेको बताइन् । गाउँमा बसेपछि मेलापात गर्नुपर्ने र गाउँमा चलन चल्तीमा रहेको ज्याला लिने गरेको उनी बताउछिन् ।

SHARE