नेपालमा कोरोना माहामारीको रुपमा फैलिएको छैन आत्तिन पर्दैन् : जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे

0
574

सम्झना पोख्रेल÷गुल्मी
विश्वभर फैलिरहेको भाइरस (कोभिड १९) को कारण देशभर हजारौँ मानिसहरुको मृत्यु भइसकेको छ । लाखौँ मानिसहरु यस रोगबाट सँक्रमित भइसकेका छन् । कतिपय मानिसहरु उपचारपछि निको भएका छन् । यो एकप्रकारको सरुवा रोग भएका कारण एक व्यक्तीबाट अर्काे व्यक्तीमा छिट्टै सर्र्ने हुँदा बढी सजकता अपनाउनु पर्ने हुन्छ । अहिले मानिसहरु यस रोगबाट त्रासित बनेका छन् । मरिपो हालिन्छ कि भन्ने सबैमा एक प्रकारको भय,डर त्रास छ ।
यसैबिचमा यस रोगबाट कसरी बच्ने र के कस्ता खानेकुराहरु खान हुने र के कस्ता खानेकुराहरु खान नहुने भन्ने विषयमा लामो समयसम्म स्वास्थ्य क्षेत्रमा काम गर्नुभएका जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे सँग खबरमार्केटका लागि सम्झना पोख्रेलले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

कोरोना भनेको के हो ? र यो रोग कसरी सर्छ ?
कोरोना भाइरस एकप्रकारको सरुवा रोग हो । यस रोग एक व्यक्तीबाट अर्काे व्यक्तिमा सजिलै सर्न सक्छ । यो भाइरस सँक्रमित व्यक्तिले बोल्दा, हाछ्यु गर्दा, खोक्दा, सँक्रमितको मुख र नाकबाट निस्कने तरल पदार्थमा तर आँखाले देख्न नसकिने साना कणहरुबाट र सँक्रमित व्यक्तिले खोक्दा र हाछ्यु गर्दा उक्त व्यक्ति कोठाबाट बाहिर जाँदा पनि त्यस कोठामा किटाणुहरु बस्ने हुँदा सँक्रमित नभएको व्यक्ति सोहि कोठामा प्रवेश गर्दा सर्न सक्छ ।
क्वारेन्टिन र आइसोलेशन भनेको के हो ? कस्ता व्यक्तिलाई क्वारेन्टिनमा राख्ने र कस्ता व्यक्तिलाई आइसोलेशनमा राख्ने ?
जो व्यक्ति बिदेश वा अन्य जुनसुकै ठाउँबाट आएको छ उक्त व्यक्तिमा २ हप्ता वा १४ दिन भित्रमा लक्षणहरु देखिन थाल्छन् र ति लक्षण अन्य व्यक्तिलाई नसरोस भनि शान्त वा परिवारका सदस्यहरुबाट अन्यत्रै लगि राख्नु क्वारेन्टिन हो भने सँक्रमण भइसकेपछि रोगीलाई आवश्यक औषधि उपचारको प्रबन्ध गरी अस्पतालमा लगी राख्नु आइसोलेशन हो । रोग नलागेका तर लक्षण मात्र देखा परेका व्यक्तिहरु जो स्वस्थ छ उसलाई क्वारेन्टाइनमा राखिन्छ भने सँक्रमण लागिसकेको पत्ता लागेका बिरामिहरुलाई अस्पताल लगी आइसोलेशनमा राखिन्छ ।
अस्पतालमा गरिने स्वाब परीक्षण भनेको के हो ?
कपासलाई घाँटी वा नाक भित्र छिराएर नाक वा घाँटी भित्रको तरल पदार्थ निकाली कोरोना भाइरस लागेको छ कि छैन भनेर टेस्ट गरिन्छ र त्यसको रिपोर्ट ४८ घण्टामा आउँछ । जुन स्वाब परीक्षण हो ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गर्याे भन्न्ुको कारण के हो ?
यसका चारवटा चरणहरु हुन्छन् । पहिलो चरण भनेको बाहिरी देशबाट आएको व्यक्तीमा कोरोना सँक्रमण पोजेटिभ देखिएमा त्यो पहिलो चरण हो । बाहिरबाट आएको व्यक्तीबाट अर्काे व्यक्तीमा सर्नु दोस्रो चरण हो भने समुदायमा फैलिदाँ व्यापक रुपमा फैलिनु तेस्रो चरण हो र महामारीको रुपमा जताततै फैलिनु चौथो चरण हो । नेपालमा अहिले एक जना सँक्रमित व्यक्तीबाट अर्काे एक जना व्यक्तीमा सँक्रमण भएको हुँदा दोस्रो चरणमा प्रवेश गरेको छ । तर हामिहरु अन्ठानब्बे प्रतिशत सुरक्षित छौँ किनभने नेपालमा अहिले लकडाउन छ र सबैले यसलाई पालना पनि गरेका छौँ सर्ने सम्भावना खासै छैन् सँक्रमित भएका हरुको उपचार भइरहेको छ केहि निको भएर घर गइसकेका छन् । हामिले यस भाइरसलाई दोस्रो चरणमा नै अन्य गर्नु पर्छ होइन भने यसले तेस्रो चरणमा प्रवेश गरेमा नियन्त्रण गर्न जोखिम छ ।

कोरोना भाइरसले कस्ता व्यक्तिलाई छिट्टै सँक्रमण गर्न सक्छ ?
हिलेसम्ममा बच्चा र ३० बर्ष उमेर समुहको मृत्यदर नगन्य रहेको छ । यस रोगले ८० बर्ष काटेका व्यक्तिहरु जो पहिलेदेखि नै रोगबाट ग्रसित छन् उनिहरुलाई मात्र जोखिम हुन्छ । अरु त्यस्तो डराउनु पर्दैन हामि नेपालिहरु त झन उकाली ओराली गर्छौ गाउँघरमा उत्पादन गरेका खानेकुरा खान्छौँ फुर्तिला छौँ त्यसैले हामिलाई यसले छिट्टै सँक्रमण गर्न सक्दैन यदि सँक्रमण भइहालेता पनि निको हुन्छ आत्तिनु पर्दैन् ।

यसबाट बच्न हामिले के गर्ने, कस्ता खालका खानेकुराहरु खाने र कस्ता खालका खानेकुराहरु नखाने ?

नियमित रुपमा व्यायाम गर्ने नियमित रुपमा औषधि सेवन गरेकाले नियमित रुपमा नै औषधि सेवन गर्ने, गाउँघरमा उत्पादन गरेका सफा ताजा फलफुल तथा खानेकुराहरु खाने हामिले सदा खाइरहने खानेकुराहरु नै खाने माछामासु तथा अण्डा राम्रोसँग पकाएर खाने नियमित रुपमा व्यायाम गर्ने कृषि कार्यमा आफुलाई व्यस्त राख्ने, योग, ध्यान पुँजापाठ गरी मनलाई प्रशन्न बनाउने, यसरी रोगसँग लड्ने क्षमता बढ्ने हुन्छ । त्यस्तै जाँडरक्सि, चुरोट, सुर्तिको प्रयोग नगर्ने ।

यो एकप्रकारको सामान्य भाइरस हो यो भाइरस लागीहालेमा मरिदँैन त्रासमा नबसौँ, यो रोग लागेमा सय जनामध्ये २÷३ जना मात्रको मृत्युहुने हो । त्यो सामान्य कुरा हो यो रोग हाम्रो देशमा महामारीको रुपमा फैलिएको छैन् । बाहिरबाट आउने व्यक्तिबाट सर्ने हुँदा उनिहरुलाई २ हप्तासम्म क्वारेन्टिनमा राख्नुहोला ।

SHARE