गुल्मीमा मलामी बोकेको जीप दुर्घटनामा एक जनाको मृत्यु, १२ जना घाइते

0
160

अनिल खत्री
१६ वैशाख, गुल्मी । गुल्मीमा गएराती मलामी बोकेको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

गएराती जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–४ मौरीओडार स्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणी बाट मलामी लिएर लिम्घा तर्फ फर्कीने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यस बहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्ष पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी घाइते भएका छन् ।

३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना, चालक जिल्ला गुल्मी सत्यवती गा.पा.४ लिम्घा बस्ने २९ वर्षका शंकर बि.क घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये ४ जनालाई थप उपचारको लागी पाल्पा पठाइएको छ ।

अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ । घाइते मध्ये केहिको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जीप ब्रेक फेल भई सडक देखी अन्दाजी ४० मिटर तल खसेको  पोखरेलले बताउनुभयो ।

SHARE