
तिलाचन पाण्डे
वैशाख १६,२०८१ गुल्मी : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनालले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निश्कर्षमा पुर्याउनु नै माओवादीको मूख्य एजेण्डा भएको बताउनुभएको छ ।


नेकपा माओबादी केन्द्र गुल्मीको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले शान्ती प्रक्रियाका बाँकी कार्यहरुलाई पूरा गर्नु र देशलाई सही बाटोमा हिडाउनका लागि माओबादी नै सक्षम रहेकाले पनि सरकारको नेतृतव माओबादीले गरेको बताउनुभयो ।
नेपाली काँग्रेससंगको गठबन्धनबाट शान्ती प्रक्रियाका बाँकी कार्यलाई पूरा गर्नका लागि सकारात्मक नभएकाले गठबन्धन परिवर्तन गर्न परेको उहाँको भनाई छ ।

यस्तै बर्तमान गठबन्धन भएपछि देशको आर्थिक वृद्धिदरमा पनि सकारात्मक सूचकहरु देखा परेको भन्दै देश र जनताका निम्ती नै बर्तमान गठबन्धन हितमा रहेको बताउनुभयो ।
जिल्लाका १२ वटै स्थानीय तहका नेताहरुले पालिकाको बारेमा रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।
यस्तै जिल्ला संयोजकको रुपमा तेजिन्द्र सलामी मगरले पदभार ग्रहण गर्नुभएको छ । निवर्तमान जिल्ला संयोजक युवराज केशीले सलामीलाई माइन्युट हस्तान्तरण गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
सलामीले पदभार ग्रहण गर्दै पार्टीलाई चलायमान बनाउँदै लैजाने दाबी गर्नुभयो ।
जिल्लामा पार्टी सदस्य नविकरण गर्ने अभियान चलेको बताउँदै जेठ १५ गतेसम्म नविकरण सक्नुपर्ने र बैठकहरु निरन्तर बस्नुे गरी परिपत्र गरिएको जिल्ला सचिव अशोक थापाले जानकारी दिनुभयो ।
पछिल्लो समयमा जिल्लामा आगलागीबाट भएका घटनाहरुप्रति पार्टीले दुःख ब्यक्त गरेको छ । जिल्लामा भएको क्षतीको वास्तविक विवरण संकलन गरी ब्यबस्थापन गर्नका लागि पार्टीले शहिद स्मृति प्रतिष्ठान गुल्मीको विपत कोष स्थापना गरी राहत पुर्याउने थापाले बताउनुभयो ।