रामपुरमा भारतबाट फर्केका ४२ जना होम क्वारेण्टाइनमा

0
562

सुशीला रेग्मी

रामपुर (पाल्पा), १३ चैत  :  पाल्पाको रामपुर नगरपालिकामा भारत मुलुकबाट फर्केका ४२ जना नागरिकहरु होम क्वारेण्टाइनमा बसेका छन् । केही दिन अघि भारतबाट गाउँ फर्केका रामपुर नगरपालिका वडा नं १० का नागरिकहरु कोरना भाइरसबाट सजग रहन होम क्वारेण्टाइनमा बसेको पाइएको छ ।

बुधवार रामपुर नगरपालिकाले घुम्ती टोलीका क्रममा यहाँका ४२ जना भारतबाट फर्केका नागरिकहरु आफ्नो सुरक्षाका लागि सर्तक रही होम क्वारेण्टाइनमा बसेको भेटिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“भारतबाट धेरै जना भर्खर आएका नागरिक छन् भनी थाहा पाएपछि स्वास्थ्यकर्मी सुरक्षाकर्मी सहितको टोली घर घरमा पुगेर सोधपुछ गर्दा उनीहरु आफै सजग रहेर होम क्वारेण्टाइनमा सुरक्षित तरिकाले बसेको पाइयो” नगर प्रमुख थापाले भन्नुभयो ।

कोभिड–१९ को सचेतनास्वरुप भारत लगायत तेस्रो मुलुकबाट आएकालाई होम क्वारेन्टाइन तथा रामपुर नगरपालिकाले तयार पारेको क्वारेण्टाइन कक्षमा बस्न सुझाव दिइएको नगर प्रमुख थापाको भनाई छ ।

बाहिरबाट गाउँ आएका नागरिकको वडा वडामा निगरानी गर्ने काम भएको छ । यस्तै रामपुर नगरपालिकाले विभिन्न सिमानाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

SHARE