गुल्मीमा कोरोना सर्तकताका लागि अभियान

0
858

तिलाचन पाण्डे
चैत ८,२०७६ गुल्मी  :  गुल्मीमा कोभिड–१९ अर्थात कोरोनाको संक्रमण रोकथामको बिषयमा जिल्ला विपद् व्यावस्थापन समितिको बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुख्य २१ वटा निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीसहित जिल्लाका सवै स्थानीय तहका प्रमुख÷उपप्रमुख, राजनीतिक दल, गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघ लगायतको उपस्थिति रहेको थियो । बैठकले सबै कार्यालयको प्रवेशद्वारमा साबुन पानीले हात धुने र सेनीटाइजरको व्यवस्था मिलाउने, सार्वजनिक स्थानमा स्थानीय सरकारी तथा विभिन्न संघसंस्थाको सहयोगमा हात धुने पानी र साबुनको व्यवस्था गर्ने, आफ्नो स्थानीय तहमा बाहिरबाट आएका व्यक्तिहरुको यात्राको विवरण राख्ने, सवै स्थानीय तह तथा सरकारी र निजी स्वास्थ्य संस्थामा आइसुलेसन वार्डको व्यवस्थापन गर्ने साथै जिल्ला सदरमुकाममा पनि त्यसको पहिचान गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।

त्यस्तै जिल्लामा तत्काल प्रयोग गर्ने गरी आवश्यक स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्ने, कालो बजारी गरेर कृतिम अभाव सृजना हुन नदिने र स्थानीय तहहरुले कम्तीमा १० दिनमा एक पटक बजार अनुगमन गर्ने निर्णय बैठकले गरेको छ । साथै सवै स्थानीय तहमा आवश्यक विपद् व्यवस्थापन कोषको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने पिपिइ र अन्य सामग्रीका लागि प्रदेश सरकारमा अनुरोध गर्ने र विपद् सूचना संकलन तथा योजना निर्माणको लागि विपद् सचिवालयको व्यवस्था गर्ने निर्णय भएको सुचना अधिकारी पाण्डेयले बताए ।

कोरोनाबाट बच्नका लागि कुन स्थानीय तहले केके गरेका छन् त  ?
रेसुंगा नगरपालिका गुल्मीले नगरपालिकाका सबै वडाहरुमा र नगरपालिकामा हेल्थ डेक्स स्थापना गरेको रेसुंगा नगरपालिकाका सूचना अधिकृत शंकरप्रसाद गौतमले जानकारी दिए । नगरपालिकाको बिपद ब्यबस्थापना कोषमा बजेट बिनीयोजन भएकाले सोही कोषबाट कार्य गरिने गौतमले जानकारी दिए । गौतमका अनुसार जिल्लाका बिभिन्न संचार माध्यमहरुबाट शन्देस मूलक सूचनाहरु प्रशारण गरेको समेत बताएका छन् ।
मुसिकोट नगरपालिकामा कार्यपालिकाको बैठकले सबै स्वास्थ्य चौकीमा हेल्थ डेक्स स्थापना गर्ने, बिपद ब्यबस्थापन कोषमा करिब ६ लाख रहेको र परि आएको खण्डमा सबै कार्य गर्ने गरि कार्यपालिकाले निर्णय गरेको नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत नबराज भण्डारीले जानकारी दिए । नगरपालिकाले संचार माध्यमहरुबाट बिभिन्न शन्देस मूलक सूचनाहरु प्रशारण गरेको समेत जनाएको छ ।
मदाने गाउँपालिका गुल्मीले पुर्कोट दहमा हेल्थ डेक्स स्थापना गरेको छ भने रेडियोहरु मार्फत शन्देश मुलक सूचनाहरु प्रशारण र बिभिन्न प्रर्चा पम्पप्लेट र ब्यानहरु ठाउँ ठाउँमा राखेका गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत शुरेश भण्डारीले जानकारी दिए ।
इश्मा गाउँपालिका गुल्मीले गाउँपालिकाको केन्द्रमा र स्वास्थ्य चौकीहरुमा हेल्थ डेक्सको स्थापना गरेको र सचेतनाका कार्यक्रमहरुलाई प्रभाबकारीताका साथ अगाडी बढाएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । खत्रीका अनुसार टोल टोलमा ज्वरो जाँच गर्नका लागि थर्मोमिटरको समेत गाउँपालिकाले ब्यबस्था गर्न लागेको दाबी गरिन् ।
मालिका गाउँपालिकाले कार्यलयमा हेल्थ डेक्स स्थापना गरेको छ । गाउँपालिकाले शन्देश मूलक ब्यानरहरु निर्माण गरि ठाउँ ठाउँमा राखेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार स्थानीय टेलरहरुलाई माक्स निर्माण गर्नका लागि आग्रह गरेकाले गाउँपालिका भित्रका प्रत्येक नागरिकलाई मास्क बितरण गर्ने कार्यक्रम कार्यपालिकाको बैठकबाट नीतिगत निर्णय गरेको गाउँपालिकाले दाबी गरेको छ । यस्तै गाउँपालिकाको कार्यलय भित्र प्रबेश गर्दा ज्वरो नापेर प्रबेश गर्ने , साबुन पानीले राम्रोसंग हात धोएर प्रबेश गर्ने कार्य गरिएको पनि गाउँपालिकाले जनाएको छ ।
धुर्कोट गाउँपालिका गुल्मीले ५० लाख बिपद कोष खडा गरेको छ । बाहिरबाट आउनेलाई १५ दिनसम्म घरमै बस्नका लागि अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । एसईई दिने बिधाथीहरुका लागि घरमै बसेर परीक्षाको तयारी गर्न , शिक्षकहरुलाई टोल टोलमा जनचेतना मूलक सूचनाहरु प्रबाबह गर्नका लागि आग्रह गरेको गाउँपालिकाले जनाएको छ । यस्तै स्थानीयहरुलाई शन्देश मुलक कार्यक्रमहरु फैलाउनका लागि रेडियो कार्यक्रम संचालन गर्ने र शन्देश मूलक सूचनाहरु प्रशारण गरेको गाउँपालिकाले दाबी गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा हेल्थ डेक्स स्थापना गरेको र गाउँपालिकाको कानर्यलयमा पनि हेल्थ डेक्सको स्थापना गरेको पालिकाले जनाएको छ ।
गुल्मीदरवार गाउँपालिकाले पालिकामा हेल्थ डेक्स स्थापना गरेको छ भने उसले खरज्याङमा मोवाइल हेल्थ डेक्स स्थापना गरेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार रेडियो मार्फत शन्देस मुलक सूचनाहरु प्रशारण गरेको दाबी गरे ।
छत्रकोट गाउँपालिकाले कोरोना भाइरसबाट बच्नका लागि रेडियोबाट सन्देश मूलक सूचना प्रशारण , अभिमुखिकरण तालिम, टोलटोलमा स्वास्थ्य शन्देश लगायतका कामहरु गरेको स्वास्थ्य संयोजक पुन्यप्रसाद पौडेलले जानकारी दिए । यस्तै स्वास्थ्यकर्मीहरुलाई लामो बिदा बस्न नदिने र स्वास्थ्य कर्मीहरुका लागि पाँच हजार मास्क खरिद कार्य भएको पनि उनले जानकारी दिए ।
यस्तै रुरु गाउँपालिकाले रिडीमा हेल्थ डेक्स स्थापना , बिभिन्न संचारमाध्यमहरुबाट शन्देशमूलक सूचना प्रशारण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए गाउँका टोलटोलमा स्वास्थ्य संम्बन्धी सन्देश , ब्यानर , पम्प्लेट संगै कोरोनबाट बच्नका लागि राम्रो संग साबुन पानीले हात धुने लगायतका शन्देस मूलक कार्यहरु गरेको दाबी गरे ।
सत्यवती गाउँपालिका गुल्मीले स्वास्थ्य चौकीका प्रमुखहरु बिच अन्र्तक्रिया , स्थानीय टेलरहरुबाट १० हजार मास्क बनाई बितरण भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए । पालिका भित्रका १४ वटै स्वास्थ्य चौकीमा औषधीहरु जगेडामा रहेको र निशुल्क माक्स बितरण गर्दै आएको उनले दाबी गरे ।
चन्द्रकोट गाउँपालिका गुल्मीले शान्तीपुर स्वास्थ्य चौकी र बसपार्कमा हेल्थ डेक्स स्थापना गरेको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए । बिभिन्न संचार माध्यमहरुबाट शन्देसमूलक सूचना प्रशारण , बाहिरबाट को को आए भन्ने बारेमा लिष्ट तयार गरेको र शिक्षकहरुलाई सकारात्मक शन्देस टोल टोलमा दिनका लागि आग्रह गरेको गाउँपालिकाले दाबी गरेको छ ।
कालीगण्डकी गाउँपालिका गुल्मीले टोल टोलमा कोरोना भाइरसबाट बच्नका लागि सकारात्मक शन्देसहरु प्रबाह गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए । बिभिन्न संचार माध्यहरुबाट शन्देश मुलक सूचनाहरु प्रशारण , हेन्थ डेक्सको स्थापना गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कार्यलयमा प्रबेश गर्दा साबुन पानीले राम्रोसंग हातधोएर प्रबेश गर्ने गरेको र निशुल्क मास्क बितरण गर्ने कार्य पनि भइरहेको गाउँपालिकाले दाबी गरेको छ ।

SHARE