बिशिस्ट लाई अर्लाड०कोटको ‘भुई स्याऊ’

0
1039

रामकृस्ण कंडेल,अर्लाड०कोट : माघ२८ गुल्मी मुसिकोट उधोग बाणिज्य संघले वामीटक्सारमा आयोजना गरेको महोत्सबमा ‘भुई स्याऊ’निकै चर्चामा आयो।प्रसंग महोत्सबमा उपस्थित बिशिस्ट अतिथि हरू लाई आयोजकले बिदाई गर्दा बिदाईको क्षणमा प्रदान गरिएको ‘सगुन’को हो।महोत्सब आयोजक हरूले आमन्त्रित बिशिस्ट पाहुना हरू लाई बिदाईको क्षणमा सम्मान स्वरूप ‘सगुन’के दिदा बढि प्रभाबकारी होला भनेर गहन छलफल पनि भयो।

नगर भित्रको स्थानिय उत्पादन दिने सबैको एऊटै निस्कर्श बन्यो,उर्लेनीको ग्राऊन्ड एप्पल अर्थात ‘भुई स्याऊ’।महोत्सबमा आफ्नो वार्डको कृषि उत्पादनले महत्व पाऊदा अर्लाड०कोटबासी हरू निकै हर्षित देखिन्छन। बिशिस्ट पाहुना हरू लाई सम्मान स्वरूप एक एक के जी मुनपा९को भुई स्याऊ प्रदान गरिएको थियो।नगरपालिकाको केन्द्रमा आयोजित महोत्सबमा दुर्गम भुगोलमा उत्पादीत कृषि उत्पादन सगुनको रूपमा प्रयोग हुनु आफैमा अर्थपूर्ण रहेको छ साथै अब यसको महत्व र बजार बड्न लागेको अनुमान गर्न सकिन्छ। मुसिकोट नगरपालिका वार्डनं९मा कृषि लाई ब्यबसायिक करणको अभियान शुरू भएको छ।बिशेष गरेर सुन्तलाको पकेट क्षेत्रको रूपमा प्रख्यात साबिकको अर्लाड०कोट गा बि स मा यतिखेर भुई स्याऊको ब्यबसायिक खेती शुरू गरिएको छ।मुनपा९को ददल्काका उर्लेनीका कृषक हरू बिगत एक बर्ष अगाडि देखी ब्यबसायिक रूपमै भुई स्याऊको खेती तर्फ आकर्षित भएको पाईन्छ।प्रति के जी एक सयमा बिक्री गरिदै आएको र करिब दुई ट्याक्टर परिणाममा उत्पादन रहेको स्थानिय कृषक नन्द बहादुर बि क बताऊनु हुन्छ।कृषक नन्दबहादुरका अनुसार ‘गुल्मीको भार्षे बाट भुई स्याऊको बिऊ ल्याई यसको खेती गर्न शुरू गरिएको हो’।’ऐले मुसिकोट महोत्सबमा यसको राम्रै ब्यापार गर्यौं।

आयोजक हरूले बिशिस्ट पाहुना हरू लाई सगुनको रूपमा हाम्रो उत्पादन लाई छनौट गरिदिनु भएकोमा खुसी छौ’कृषक नन्दबहादुरको भनाई रहेको छ।उर्लेनीका स्थानिय कृषक हरूको बारीमा भुई स्याऊ लटरम्म अबस्थामा छ।मुनपा९,उर्लेनीका कृषक हरूको ब्यबसायिक ‘भुई स्याऊ’खेती गर्नु भएका कृषक हरू लाई नगरपालिकाको तर्फ बाट सक्दो सहयोग गरिने मुसिकोट नगरपालिका आर्थिक संयोजक प्रकाश काफ्लेले बताऊनु भयो।काफ्लेले भन्नु भयो’मिहिनेती कृषक हरू लाई हामि तालिम,औजार र अनुदान उपलब्ध गराई सहयोग गर्ने बताऊनु भयो।

कोहि ईच्छुक प्रयोग कर्ता हरूले फोन सम्पर्क गरेमा संभब स्थान हरूमा आबस्यक मात्रामा घरमै पठाईदिन सकिने कृषक हरूको दाबि छ।उत्पादित बस्तुले बजार पाऊन सक्यो भने बर्षभरीको दैनिक उपभोग्य बस्तु खरिद गर्न आर्थिक सहयोग पुग्ने स्थानिय कृषक हरूको आशा रहेको छ।

SHARE