मुसिकोटले ल्याएको वस्ती स्थानान्तरण कार्यक्रमले दलित परिवारमा ल्यायो खुसी

0
303

सागर भण्डारी
गुल्मी,माघ २८ गते ।

गुल्मीको मुसिकोट नगरपालिकाले भौगोलिक रुपमा अति विकट तथा विकासका पूर्वाधारहरुको कम पहुँचमा रहेका स्थानीयहरुलाई बस्ती स्थानान्तरणको काम सुरु गरेको छ । भौगोलिक रुपमा अति विपन्नलाई नगरपालिकाले पहिलो चरणमा वडा नं ५ आँपचौरको हात्तेगौँडाका १२ दलित परिवारलाई वस्ती स्थानान्तरणका लागि प्रतिघर परिवार डेढ रोपनीका दरले घडेरी वितरण गरेको छ । नगरपालिकाले प्रतिरोपनी डेढ लाखका दरले उक्त ठाउँमा जग्गा किनेर दलित परिवारलाई हस्तान्तरण गरेको हो । छरिएर रहेका वस्तीहरुलाई एकिकृत गर्ने र सम्पूर्ण नगरबासीहरुलाई सम्पूर्ण पूर्वाधारको ग्यारेण्टी गर्ने नगरपालिकाको योजना रहेको छ ।
स्थानीयको मुहारमा खुसी
हात्तेगौँडाका नन्द बहादुर सार्की अहिले निकै खुसी हुनुहुन्छ । स सानो कामको लागि डेढ घण्टा हिँडेर बजारको काम गर्नुपर्ने र छोराछोरीलाई विद्यालय पढाउने चिन्ता अब उहाँको हटेको छ । पहिले खानेपानीको समस्या उस्तै छोराछोरी ढिलो विद्यालयबाट फर्किँदा पनि कतै भिरबाट लडेकी भन्ने चिन्ता पर्ने गरेको उहाँले बताउनुभयो । तर आँपचौरमा नगरपालिकाले घडेरी किनिदिएपछि उहाँको दुखको दिन गएजस्तै लागेको बताउनुभयो ।
पहिले पहिले घरपुग्ने मोटरबाटो, महिला गर्वभती हुँदा र अन्य स्वास्थ्य समस्या हुँदा हिँडेरै पनि स्वास्थ्य संस्था पुग्ने समस्या हटेको सोही ठाउँकी सुमित्रा विकको छ । नगरपालिकाले दिएको दिएको उक्त घडेरीमा जेनतेन रिन धन गरेरै भएपनि उहाँ अब छिट्टै घर निर्माण गर्ने तैयारीमा हुनुहुन्छ । “ कहिलेकाहीँ छोराछोरी भोकै २ घण्टा हिँडेर विद्यालय पुग्थे अव यो ठाउँमा घर बनाउन पाए वालबच्चाले पनि सुख पाउँथे हाम्लाई नी पुरानो पुख्र्यौली पीडा अन्त्य हुन्थ्यो ”उहाँले भन्नुभयो ।
जोखिमयुक्त वस्ती स्थानान्तरणका लागि ऐन
मुसिकोट नगरपालिकाले आफ्नो छैठौँ नगरसभामा जोखिमयुक्त वस्ती स्थानान्तरण तथा पुर्नस्थापना विद्येयक पारित गरि वस्ती स्थानान्तरणको काम सुरु गरेको हो । वितरण गरिएको उक्त घडेरीमा एकीकृत बस्ती निर्माणको विकासका लागि सडक, खानेपानी, विद्युतीकरण, पहिरो, लगायतका पूर्वाधार निर्माणको विषयलाई ध्यानमा राखेर प्रक्रिया अगाडी बढाईएको छ ।
छरिएर रहेका वस्ती, निमुखा, विपन्न र गरिबीमा रहेका स्थानीयहरुलार्ई नगरपालिकाले घडेरी दिएपनि घरनिर्माणको लागि भने व्यक्ति स्वयंले बनाउनुपर्ने नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । नगरपालिकाले डेढ लाख बराबरको एक रोपनी जग्गा उपलब्ध गराएसगैं घर निर्माणको क्रममा जस्तापाता पनि उपलब्ध गराउने उहाँको भनाई छ । नगरभित्र रहेका अन्य जोखिमयुक्त वस्तीको पनि पहिचान गरी स्थानान्तरणको काम थालिने उहाँले जानकारी दिनुभयो ।
छरिएर रहेका वस्तीहरुलाई एकीकृत गरी नगरमा गरिवी निवारण, स्वास्थ्य, शिक्षाको पहँुच सगैं रोजगारी सिर्जना गरी प्रतिव्यक्ति आम्दानीमा वृद्धि गरी आर्थिक वृद्धि गर्ने लक्ष्य नगरपालिकाको योजना रहेको नगरपालिकाका आर्थिक विकास सयोंजक प्रकाश काफ्लेले बताउनुभयो ।
सह्रानीय कार्य
स्थानीय सरकार गाउँगाउँमा आएसगैं नगरपालिकाले थालेको यो कदमले नगरबासीहरुलाई सुरक्षित आवासको ग्यारेण्टी गरेको कुरा नकार्न सकिन्न । अन्य स्थानमा प्राकृतिक जोखिम र भौगोलिक बनावटले विपन्न रहेका वस्तीहरुलाई पनि स्थानान्तरण नर्ग सकेमा अझ प्रभावकारी हुन सक्नेछ ।

SHARE