पाल्पामा बस दुर्घटना हुँदा २१ जना घाइते, दुईको अवस्था गम्भीर

0
115

भदौ २९,२०८०पाल्पा : पाल्पामा ब्रेकफेल भएर रात्रिबस दुर्घटना भएको छ। तानसेनदेखि काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको नाइट बस तानसेन नगरपालिका वडा नं ४ बारुदखानमा दुर्घटना भएको हो।

दुर्घटनामा परेका २१ जनालाई तानसेनमा रहेको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको अस्पातलले जनाएको छ।

दुर्घटनास्थलमा दुई वटा मोटरसाइकलका साथै दुई घरमा समेत क्षति पुगेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE