खुल्ला म्याराथुनको उपाधी सन्दिप श्रेष्ठलाई

0
637

 

सुशीला रेग्मी

रामपुर (पाल्पा), १५ माघ  :पाल्पाको रामपुरमा संचालन भएको तेस्रो मेयर कप अन्र्तगत खुल्या म्याराथुन दौडको उपाधी रामपुर नगरपालिका ३ बस्ने सन्दिप श्रेष्ठले हात पारेका छन् ।

बुधवार दश किलोमिटर लामो म्याराथुनमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्र्दै उनले उपाधी जितेका हुन् । उनले निर्धारित दुरी ३७ मिनेटमा पार गरेका थिए ।
प्रतियोगितामा ३७ मिनेट ४२ सेकेण्डमा दुरी पार गर्दै रामपुर ६ का मनोज क्षेत्री द्वितिय, ३९ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै रामपुर ६ का सुरेश कुमाल तृतिय, ४० मिनेट ४२ सेकेण्डमा दुरी पार गर्दै रामपुर २ का सागर कुमाल सान्त्वना भएका छन् ।

रामपुर ७ विपीपार्क देखि सुरु भएको दौड विजयपुर, तालपोखरा, भम्बक, मटेरी ठूलोटार, बाङ्गेपसल रोड, बेझाड बजार हुँदै किसानबारी सम्म दुरी तोकिएको थियो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको समेत म्याराथुन प्रतियोगितामा सहभागीता रहेको थियो । प्रतियोगितामा उत्कृष्टलाई माघ १८ गते समापनका दिन पुरस्कार वितरण गरिने भएको छ ।

SHARE