रामपुरमा नगर यातायात गुरुयोजना निर्माण सम्बन्धी छलफल

0
139

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३१ जेठ : रामपुर नगरपालिका वडा नं ७ को आयोजनामा नगर यातायात गुरुयोजना निर्माण सम्बन्धी छलफल कार्यक्रम भएको छ ।

वडाध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रम अल्फा डिजाईन एण्ड डेप्लभमेण्ट प्राईभेट लिमिटेडका परामर्शदाता प्राविधिक अनुराग जोशिले सहजिकरण गर्नुभएको हो ।

जोशिले अहिलेको सडकको मापदण्ड, विकास निर्माणको दिगो व्यवस्थापनका विषयमा सहजिकरण गर्नुभएको छ । अब घर तथा भवन निर्माण गर्नेले न्युनतम छ मिटरसम्मको बाटोको मापदण्ड अनुसार बनाउनुपर्ने जानकारी दिइएको छ । कार्यक्रमको संचालन वडा सचिव गीता पौडेलले गर्नुभएको हो ।

वडाध्यक्ष तिवारीले अन्धाधुन्ध वजेट विनियोजन गरेर गरिएको विकासले गति लिन नसक्ने भएको हुदा गुरुयोजना अनुसार काम गरेपछि विकास निर्माणको कामले तिव्रता लिने बताउनुभएको छ । कार्यक्रममा टोल विकास संस्था, सामुदायिक वन, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवि लगायतको सहभागीता रहेको थियोे ।

SHARE