जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

0
115

जेठ २२,२०८० : पाल्पामा आइतबार साँझ भएको जीप दुर्घटमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। उपचारको क्रममा गएराति अरु २ जनाको मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

मृतक सबै अर्घाखाँचीका हुन्। अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ का जीप चालक २६ वर्षीय रमेश विक, ५५ वर्षीया श्यामकला परियार र ४४ वर्षिय बिजय पोख्रेल, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र दुई वर्षीय बालक संयोग गौतमको मृत्यु भएको हो। तीनजनाको घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको डीएसपी थापाले बताए।

 

रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा आइतबार बेलुकी रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका १० जनाको उपचार विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

SHARE