पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ जना घाइते

0
143

जेठ २१,२०८०पाल्पा : पाल्पामा आइतबार साँझपख जिप दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ।

पाल्पाबाट अर्घाखाँचीको पाणिनी जाँदै गरेको लु१च ९०२४ नम्बरको बोलेर जिप रैनादेवी छहरा- ८ सत्यवतीको चिउरे छेडामा दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीले तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनकाअनुसार तीन जनाको मृत्यु भएको आशंका गरिएको छ। १२ जना घाइते भएका छन्। मृतकको सनाखत हुन सकेको छैन।

घाइते सबैको उद्वार गरि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको छ।

जिपमा १५ जना सवार थिए। जसमध्ये ८ जना बालबालिका रहेका घटनास्थल पुगेका थापाले बताए।

जिप माथिल्लो सडकबाट तल्लो सडकमा खसेको छ। करिब ७० मिटर तल खसेको उनले बताए।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

SHARE