रामपुर साहित्यिक प्रतीष्ठानको आठौ वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन

0
144

सुशीला रेग्मी
जेठ २०,२०८० पाल्पा : रामपुर साहित्यिक प्रतीष्ठानको आठौ वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन कार्यक्रम भएको छ ।

प्रतीष्ठानका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा राधाकृष्ण मन्दिर रामपुर नगरपालिका वडा नं ५ मा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष ढकालले संस्था स्थापना देखि हालसम्मका गतिविधिबारे जानकारी गराउनु भएको छ । रामपुर क्षेत्रमा लुकेर रहेका साहित्य श्रष्टाहरु संस्था गठन भएपछि संस्थागत रूपमा अगाडि बढेको र पछिल्लो समय साहित्यमा विभिन्न उमेर समुहको आकर्षण बढेको अध्यक्ष ढकालले बताउनुभएको छ ।

प्रमुख अतिथि लुम्बिनी वाङमय प्रती ष्ठान पाल्पाका अध्यक्ष कृष्णकला भण्डारी रहनु भएको हो । प्रमुख अतिथि भण्डारीले अन्य साहित्यिक संस्थाको तुलनामा यश संस्थाले रचनात्मक कार्य गरेको बताउनुहुदै संस्थका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । संस्थाका सचिव गोविन भट्टराईले संस्थाको वार्षिक प्रतीवेदन पढेर सुनाउनु भएको छ । उपाध्यक्ष हुमा देवकोटाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव गोविन भट्टराईले गर्नुभएको हो ।

कार्यक्रममा साहित्यकार दिपकमणि अर्याल र राधाकृष्ण मन्दिरका अध्यक्ष शिवकुमारी वाग्लेलाई सम्मान गरिएको छ । अधिवेशनले मित्रलाल गौतम अध्यक्ष रहेको ११ सदस्यीय नया साहित्यिक प्रतीष्ठान गठन भएको छ । समितिको उपाध्यक्षमा हुमा देवकोटा, सचिवमा दिपकमणि अर्याल, सह सचिवमा शोभा केसि, कोषाध्यक्ष कुन्तादेवि गैरे, सदस्यहरुमा समीर पौडेल, नारायण प्रसाद ओस्ति, मनोज भुजेल, दानस मल्ल, तारा तिवारी, नोलराज भण्डारी र सरिता रेग्मी चुनिनु भएको छ ।

नवनिर्वाचित समितिका अध्यक्ष मित्रलाल गौतमले संस्थाको नीति नियममा रहेर काम गर्ने प्रतीवद्द्ता जनाउनु भएको छ । संस्थाका सल्लाहकार लेखनाथ शर्मा मरासिनीले साहित्यिक प्रतिष्ठानले रामपुरमा हरेक महिना नियमित रचनावाचन गरेर छरिएर रहेका साहित्यिक श्रष्टालाई एकिकृत गरेको बताउनुभएको छ ।

SHARE