रूखबाट खसेर डिलबहादुरको मृत्यु

0
119

जेठ ९,२०८०पाल्पा : रैनादेवी छहरा गाउँपालिका(२ सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकीको रूखबाट खसेर मृत्यु भएको छ।

घर नजिकै शमीको रूखमा चढेर घाँस काट्ने क्रममा आइतबार लडेर घाइते भएका थिए।​

 

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE