पाल्पामा ४० वर्षीय पुरुष मृत फेला

0
122

वैशाख २८,२०८० पाल्पा : पाल्पाको तानसेन नगरपालिका–५ का ४० वर्षीय कलिम खाँ मृत अवस्थामा फेला परेका छन्।

फर्म भन्दा केही टाढा तानसेन–रानीमहल सडकखण्डको छेउमा रहेको नालीमा घोप्टो परेको अवस्थामा बुधबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनी तानसेन–१३ गाइघाट नजिकै राजा एकीकृत कृषि तथा कालिज फर्म सञ्चालन गर्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE