रामपुरमा आधारशिला तालिम

0
154

सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ फागुन : रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजना हेफर आधारशिला तालिम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा पछौटेपन उन्मुलन समाज (बेस नेपाल) को सहजिकरणमा गाउँवेशी युवा उद्यमी रामपुर नगरपालिका वडा नं ४ को समुहलाई तालिम दिइएको हो । तीन दिनसम्म चलेको तालिम समापन गाउवेशी युवा उद्यमी समाजका अध्यक्ष प्रेमबहादुर मल्लको अध्यक्षतामा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रामपुर ४ का वडा सदस्य कमला रुचालले विभिन्न व्यावसाय गरेर उद्यमी बन्न चाहनेलाई नगर तथा वडाबाट सहयोगका कार्यक्रम रहने बताउनुहुदै उद्यमी बनेर आत्मनिर्भर बन्न आग्रह गर्नुभएको छ । समापन कार्यक्रममा सहजकर्ता रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाका संयोजक सन्जु परियारले तालिममा सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ ।

तिनदिन सम्म चलेको तालिमको अनुभव सहभागी विनोद श्रेष्ठले जानकारी गराउनुभएको छ । तालिममा २२ जनाको सहभागीता रहेको थियो । तालिमको सहजिकरण रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सन्जु परियार, प्राबिधिक संयोजक क्षितिज बिक्रम खाण, सामुदायिक सहजकर्ता केशबहादुर थापाले गर्नुभएको हो ।

तालिममा नेता, नेतृत्व, स्व नेतृत्व, प्रवृत्ति र व्यवहार, सकारात्मक सोचाई लगायतका हेफरका १२ वटा आधारशिलाका बारेमा ज्ञान सीप सिकाईएको छ । प्रत्येक महिनाको २० गते मासिक बैठक बसेर एकापसमा ज्ञान सीप आदानप्रदान गर्ने, प्राबिधिक ज्ञान सिकाउने, पशु तथा कृषि व्यावसाय सम्बन्धि जानकारी गराउने समुहले जनाएको छ । यो परियोजनाबाट रामपुर नगरपालिका भित्र४१ वटा स्वावलम्वन महिला समुह र सातवटा युवा उद्यमी समूह गठन गरेर मासिक बैठक बसेर छलफल गर्ने र प्राबिधिक सहयोग गर्ने जनाइएको छ । बाँकी रहेको रामपुर वडा नं १,६ र १० वडामा युवा उद्यमी समूह गठन गरिनेछ ।

 

SHARE