भुपु सैनिक स्कुलमा वडाध्यक्षसंग परिचयात्मक कार्यक्रम

0
128

सुशीला रेग्मी
फागुन २७,२०७९ पाल्पाः भुपु सैनिक राईजिङ बोर्डिङ स्कुल रामपुर पाल्पाले वडाध्यक्ष संग परिचयात्मक कार्यक्रम गरेको छ ।

 

रामपुर नगरपालिकाका दशवटै वडाध्यक्षसंग परिचयात्मक कार्यक्रम गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख विकल काफ्ले रहनुभएको हो । उहाले यश विद्यालयले सैद्धान्तिक शिक्षा मात्रै नभई व्यावहारिक शिक्षामा जोड दिएको बताउनुहुदैआधुनिकतासंग आफ्नो संस्कृति मौलिकतालाई बिर्सन नहुने बताउनुभएको छ ।

 

संस्थागत रूपमा संचालन भएको यश विद्यालयले छुट्टै छवि बनाउन सफल भएको र अतिरिक्त क्रियाकलापमा नया कार्य गर्ने विद्यालयमध्ये यश विद्यालय अग्रपंक्तिमा आउने बताउनुहुदै शैक्षिक प्रगतीको शुभकामना दिनुभएको छ । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष तथा विद्यालयका पुर्व प्रीन्सीपलकपिलबहादुर खाणले यश विद्यालयले अहिलेसम्म आईपुग्दा शैक्षिक तथा भौतिक क्षेत्रमा धेरै फड्को मारेको बताउनुभएको छ ।

 

उहाले वडाध्यक्षको विद्यार्थीको विचमा परिचयात्मक कार्यक्रम गर्ने यश विद्यालय पहिलो रहेको बताउनुहुदै नगरपालिकाले शिक्षा क्षेत्रमा जति गर्नुपर्ने हो अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । रामपुरमै कार्यक्रममा रामपुर २ का वडाध्यक्ष कृष्णबहादुर दर्जि, ३ का वडाध्यक्ष दामोदर पाठक, ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, ६ का वडाध्यक्ष दिवाकर देवकोटा,७ का वडाध्यक्ष दोवराज तिवारी, ८ का वडाध्यक्ष दिनेशकुमार खनाल, कार्यपालिका सदस्य तथा वडा नं ५ का वडा सदस्य माया नेपाली लगायतले बोल्दै शैक्षिक क्षेत्रमा यस विद्यालयले धेरै राम्रा काम गरेको बताउनुभएको छ । कार्यक्रमको संचालन शिक्षक हरिप्रसाद भट्टराईले गर्नुभएको हो ।

प्रीन्सीपल गोपि सिग्देल, विद्यार्थी मनिसा नेपाली र विद्यार्थीले मार्सपास गरि स्वागत गरिएको कार्यक्रममा नगरभित्रका शैक्षिक गतिविधि सम्बन्धमा सहभागी वडाध्यक्षले जानकारी गराउनुभएको छ ।

SHARE