टिपर दुर्घटना हुँदा २२ वर्षीय चालक न्यौपानेको मृत्यु

0
122

माघ १२,२०७९पाल्पा : पाल्पाको तिनाउ गाउँपालिका–४, केराबारीमा भएको टिपर दुर्घटनामा चालक सरोज न्यौपानेको मृत्यु भएको छ।

पाल्पाबाट बुटवल जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटनामा स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङगा राम्दीका २२ वर्षीय न्यौपानेको बिहीबार विहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

टिपर बुधबार राति १२ बजेतिर दुर्घटनामा परेको हो।

SHARE