एकीकृत मगर उत्थान समाज रामपुर पाल्पाको छैठौ अधिवेशन

0
247

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३० पुस :एकीकृत मगर उत्थान समाज रामपुर पाल्पाको छैठौ अधिवेशन, सम्मान तथा मगरहरुको महान् चाड माघेसङ्क्रान्ती विशेष कार्यक्रम भएको छ । समाजका अध्यक्ष रामबहादुर हिस्किको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेश सभा सदस्य विरबहादुर राना रहनु भएको हो।

मगर समुदायको राष्ट्र निर्माणमा ठुलो योगदान रहेको बताउनुहुदै प्रदेश सभा सदस्य रानाले मगरि संस्कार संस्कृतिबारे नयाँ ढंगबाट भावि सन्तति संग परामर्श गरि सिकाउनुपर्ने बताउनुभएको छ । समाज विकास र मुलुकको समृद्धिको लागि अनुभवी व्यक्तिले नेतृत्व गर्नुपर्ने र छरिएर रहेका समुदायलाई एकीकृत गरि आफ्नो भाषा, संस्कृतिमा जोड दिनुपर्ने उहाँले बताउनुभएको छ ।

उपाध्यक्ष दुर्गादेवी रानाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन संस्थाका सचिव रामबहादुर रानाले गर्नुभएको हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले आधुनिक नेपाल बन्नु भन्दा अघि पाल्पा मगर राज्य रहेको स्मरण गराउदै मगरहरुको गौरवमय इतिहास रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय मगर संघ पाल्पाका सभापति झमनराज मगरले ५०% भन्दा बढि रहेको मगर समुदाय पछाडि परिरहेको हुदा सबै एकीकृत भएर लाग्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख कपिलबहादुर खाण, नेपाली कांग्रेस पाल्पाका उपसभापति तथा नेपाल मगर संघ केन्द्रिय सदस्य ज्ञानबहादुर गाहा, नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धनबहादुर मास्कि राना, नेपाली कांग्रेस रामपुर नगर कार्य समिति सचिव चिरञ्जीवी सिग्देल, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादि केन्द्रका रामपुर नगर कमिटी अध्यक्ष यमबहादुर सुनार, रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर ७ का वडाध्यक्ष दोवराज तिवारी, रामपुर ९ का वडाध्यक्ष दिलबहादुर राना, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य श्यामकान्त खनाल, सम्मानित जनप्रतिनिधिको तर्फबाट रामपुर ५ का वडा सदस्य नरेन्द्रकुमार जर्घा, नेपाल मगर संघ रामपुरका अध्यक्ष थर्कबहादुर राना, संस्थाका सल्लाहकार सदस्यहरु लुकबहादुर बिरकट्टा, मन्जु राना लगायतले आफ्ना भनाइ राख्नुभएको छ । कार्यक्रमको अवसरमा मगरि संस्कृति झल्कने कौरा नृत्य तथा विभित्र सांस्कृतिक कार्यक्रम देखाएको छ ।

मगर समुदायबाट स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष रामबहादुर राना, वडा नं ९ का वडाध्यक्ष दिलबहादुर राना,वडा नं १० का वडाध्यक्ष तोयानाथ सारु, रामपुर ३ का वडा सदस्य गोपबहादुर राना, तुलबहादुर राना, रामपुर ८ का वडा सदस्य रामबहादुर राना,रामपुर २ का वडा सदस्य टकमाया राना, रामपुर ७ का वडा सदस्य मिनबहादुर सिंजालि,रामपुर ९ का वडा सदस्य तिलबहादुर गाहा, रामपुर ४ का वडा सदस्यहरु सिमादेवि राना, मोहन सिं राना, रामपुर ५ का वडा सदस्य नरेन्द्र कुमार जर्घा, लाई सम्मान गरिएको हो ।

२०६४ मा संस्था स्थापना भइ निरन्तर रूपमा अगाडि बढेको छ । सहभागीलाई संस्थाका क्याप्टेन देवबहादुर थापा मश्राङ्गिले धन्यवाद दिनुभएको कार्यक्रममा मगरि परिकार बटुक खाजाका रूपमा खुवाइएको छ ।

SHARE