रामतुलसी माविको ५५ औँ वार्षिकोत्सव सकियो

0
186

सुशीला रेग्मी
रामपुर (पाल्पा), १ पुस :
रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाको ५५ औ वार्षिकोत्सव एवम् अभिभावक दिवस समारोह कार्यक्रम मनाइएको छ । विद्यालय स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा शुक्रवार विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो ।

अध्यक्ष पौडेलले विद्यालयको हालको गतिबिधिबारे जानकारी गराउनुहुदै समिति, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, सरोकारवाला सबैको साथ सहयोगले जिल्लाकै नमुना विद्यालयका रुपमा रामतुलसी मावि रहेको बताउनुभयो । वार्षिकोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले गर्नुहुदै रामतुलसीको आफु पुर्व विद्यार्थी, पुर्व सञ्चालक समितिमा रहेर पहिले देखि नजिकबाट चिनेको बिद्यालयको विकासमा पहिला वडा अध्यक्ष हुदा देखि चिन्तित रहेको उल्लेख गर्नुभयो ।

उहाँले रामपुरको समग्र विकासको निम्ति स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । प्रदेश सभा सदस्य श्रेष्ठले रामपुरको रामतुलसी नमुना विद्यालय समेतलाई हुने गरी एउटा खेलमैदान व्यवस्थित तरिकाले निर्माण गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

प्रधानाध्यापक बालकृष्ण लम्सालले वार्षिक प्रतिवेदन पढेर सुनाउनुभएको छ । विद्यालयमा अहिले दुई हजार ४०४ विद्यार्थी रहेको र वार्षिक रु दश करोड बराबरको कारोबार रहेको प्रधानाध्यापक लम्सालले प्रतिवेदनमार्फत प्रस्तुत गर्नुभएको छ । लेखा प्रतिवेदन लेखापाल हरिहर रेग्मीले प्रस्तुत गर्नुहुदै रु दश करोड ९३ लाख ७३ हजार ६५७ रुपैयाँ ९ पैसा बराबरको आम्दानी र रु सात करोड ५० लाख ४९ हजार ७३६ रुपैयाँ बराबरको खर्च सुनाउनुभयो । दुईवटा स्कुल बस, विज्ञान प्रयोगशाला, सुबिधा सम्पन्न कक्षाकोठा, चमेनागृह, पर्याप्त खेलमैदान, पुस्तकालय रहेका छन् । विद्यालयले यसवर्ष छात्रावास स्थापना र स्कुल एम्बुलेन्स सुरु गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको अवसरमा विद्यार्थीद्वारा नृत्य तथा सन्देशमुलक नाटक, विभिन्न सिर्जना देखाइएको छ ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षक, अभिभावक, पत्रकार, सामाजिक राजनितिक धार्मिक क्षेत्रमा योगदान गर्नुहुने व्यक्तिलाई सम्मान पत्र, मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको छ । उत्कृष्ट शिक्षकतर्फ भरत घिमिरे, रोशन सारु, बमबहादुर विक, छबिलाल न्यौपाने, टिकाराम कंडेल, लेखनाथ रेग्मी, शान्ति थापा, प्रतीभा भण्डारी, चन्द्रप्रकाश भट्टराई, कल्पना सोमै, लक्ष्मी सुवेदी, किशोर रेग्मी, कार्यालय सहयोगी दलमाया आले सम्मानित हुनुभएको छ । असल अभिभावकतर्फ गिता पौडेल, सुरज रायमाझी, विन्दु लम्साल, तुल्सि घिमिरे, गुमिसरा सारु, शर्मिला सोति, मनकान्ति भुषाललाई सम्मान गरिएको छ ।

सामाजिक, राजनीतिक र धार्मिक क्षेत्रमा उत्कृष्ट व्यक्तित्वतर्फ दिवाकर भक्तिप्रसाद स्मृति अक्षयकोषबाट हिरण्यराज रेग्मी, रामनाथ स्मृति अक्षयकोषबाट गुरुप्रसाद रेग्मीलाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट विद्यालयमा योगदान पुर्याउनुहुने सामुदायिक रेडियो रामपुरमा कार्यरत कर्मचारी तथा राष्ट्रिय समाचार समिति (रासस) का सुशीला रेग्मीलाई प्रशंसा पत्र तथा कदर पत्र, मायाको चिनो, दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, रामपुर नगरपालिका शिक्षा अधिकृत बिकल काफ्ले, रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, ब्रह्मकुमारी ईश्वरीय सरस्वती, भुतपुर्व विद्यार्थी मन्चका अध्यक्ष शालिकराम कंडेल, सम्मानित अभिभावक सुरज रायमाझी, सम्मानित व्यक्ति हिरण्यराज रेग्मी लगायतले बोल्दै विद्यालयको प्रगतीको कामना गर्नुभएको छ । सहायक प्रधानाध्यापक पुर्णचन्द्र घिमिरेले स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।

 

माध्यमिक शिक्षा परिक्षा एसईई २०७८ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु सुप्रीम पराजुली, केशवराज क्षेत्री र बिराज भण्डारीलाई शिक्षक सम्झना घिमिरेले प्रोत्साहनस्वरुप नगद रकम प्रदान गर्नुभएको छ । साथै विद्यार्थीद्वारा विज्ञान प्रयोगशाला प्रदर्शनी कार्यक्रममा सहभागी अतिथिले अवलोकन गर्नुभएको छ ।

 

SHARE