बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

0
143

कात्तिक १९,२०७९पाल्पा : पाल्पामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नपा(५ हिलामराङका ४१ वर्षीय मोहनप्रसाद पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग१६प १४८६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु२ख २४९ नम्बरको बसले आज दिउँसो करिब २ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका(३ झुम्सामा ठक्कर दिएको थियो।

पाण्डेको घटनास्थलमै मृत्यु भएको हो। घुम्ती सडकमा दुर्घटना भएको छ।

बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE