करेन्ट लागेर श्रेष्ठको मृत्यु

0
124

कात्तिक ८,२०७९पाल्पा : पाल्पामा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामपुर नगरपालिका(९ जब्गादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

घर नजिकै रहेको दबदबेको रुखमा घाँस काट्ने क्रममा बिहान १० बजे उनलाई करेन्ट लागेको थियो। घाँस काट्ने क्रममा थ्रि फेजको लाइनमा थाहै नपाइ छोइँदा करेन्ट लागेर रुखबाट उनी भुइँमा खसेका थिए।

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि जिल्लाको सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका उनले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE