कालीगण्डकी फाउण्डेशनद्धारा शुभकामना आदानप्रदान

0
134

सुशीला रेग्मी
रामपुर (पाल्पा), ८ कात्तिक : नेपालीहरुको महान् पर्व वडादशै, शुभ दिपवाली, म्ह पुजा, नेपाल संवत् ११४३ र छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । कालीगण्डकी फाउन्डेशन नेपालको आयोजनामा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पालैपालो एकआपसमा शुभकामना आदानप्रदान गरिएको छ ।

विभिन्न संघ संस्था, राजनैतिक दलका प्रमुख प्रतिनिधि, प्रतिनिधि तथा प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवार, पत्रकार, उद्योगी, व्यवसायी, शैक्षिक संस्थाका प्रमुख लगायतको कार्यक्रममा सहभागीता रहेको थियो । विसं २०७५ माघमा स्थापना भएको यस संस्थाले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । पूर्वी पाल्पामा स्वास्थ्य सेवाको पहँुच दिन संस्थाले एम्बुलेन्स सेवा दिइरहेको छ । तीन जना अगुवा कृषकलाई प्रदेशस्तरको तालिमको व्यवस्था, रामपुरमा बादर आतङ्क बढेका स्थानमा नियन्त्रण गर्न बादर धपाउने यन्त्र कृषकलाई वितरण, कोभिड १९ का समयमा पाल्पाका विभिन्न पालिका, संघ संस्था, स्वास्थ्य संस्थामा विभिन्न स्वास्थ्य सामग्री वितरण लगायतका काम गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका कांग्रेसका समानुपातिक उम्मेदवार एवम् फाण्डेशनका सल्लाहाकार सन्दिप रानाले मुलुकको व्यवस्था परिवर्तनका लागि मुलुकमा हाम्रा अग्रजहरु संगै विभिन्न व्यक्तित्वहरुले व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तनका लागि आफुले समानुपातिकबाट उम्मेद्धवारी दिएको बताउनुभयो । मुलुकको समृद्घि धार्मिक, साँस्कृतिक पर्यटन, कृषि, जल र व्यापार बाट मात्र सम्भव भएको बताउँदै रामपुर सहित सिङ्गो कालीगण्डकी उपत्यकाको विकास यसबाट मात्र सम्भव रहेको उम्मेदवार रानाले बताउनुभयो ।

प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. १ का उम्मेदवार विपिन कंडेलले राजनीति पेशाको लागि नभई समाज सेवाको लागि हो भन्ने धारणाका साध मैदानमा आएको बाताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्र नं १ का उम्मेदवार ज्ञानबहादुर सिंजालीले मुलुकको राष्ट्रियता र स्वतन्त्रताको लागि उम्मेदवारी दिएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रदेशका समानुपातिक उम्मेदवार गिता विकले दलित समुदाय र महिलाको अधिकार रक्षा र सम्मान ढंगले सेवा सुविधाको प्रत्याभुतिका लागि आफ्नो उम्मेदवारी रहेकोे बताउनुभयो । कार्यक्रममा रामपुर उद्योग वागिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले विकासको लागि औद्योगिक क्षेत्रको विकासको खाँचो रहेको बताउनुभयो ।

समाजसेवी एवं कांग्रेसका महासमिति सदस्य देवराज ढकालले विकासमा सरकारी तथा गैर सरकारी संस्थाले दिएको योगदानको प्रशंसा गर्नु भएको थियो । ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लक्ष्मण देवकोटाले समाजसंग प्रत्यक्ष प्रभाव राख्ने कार्यक्रममा सहकार्यको लागि सधै तत्पर रहेको बताउनसभयो । नमस्ते होटेल एण्ड पार्टी प्यालेसमा भएको कार्यक्रममा दिपावलीको अवसरमा दिप्रज्वलन गरिएको छ । साथै कार्यक्रममा डि एण्ड जि कलाकेन्द्रका कालकारहरुको रमाईलो साँस्कृतिक प्रस्तुति देखाइएको थियो । उपाध्यक्ष पवित्रा पौडेल ढकालले स्वागत, संचालन सचिव सीता डोटेलले गर्नुभएको हो ।

SHARE